• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

मानिस माथी आक्रमण गर्न थालेपछि सल्यानमा भालु नियन्त्रण गर्न शुरु


लेकाली अनलाइन
कार्तिक १३, सल्यान ।
जंगलमा खानाको अभावमा मानवबस्तीमा आक्रमण गर्न थालेपछि सल्यानमा भालु नियन्त्रण गर्न थालिएको छ । जिल्लाको शारदा नगरपालिका भित्र रहेका बिभिन्न मानवबस्तीहरुमा आक्रमण गर्न थालेपछि भालु नियन्त्रण गर्न थालिएको हो ।

यस क्षेत्रमा पहिले भालु आक्रमण कहि कतै पनि नहुने गरेपनि पछिल्ला केही साता यता सल्यानमा भालु आतंक बढ्दै गएपछि भालु नियन्त्रण गर्न थालिएको हो । अहिले शारदा नगरपालिका वडा नम्बर ४, ५ लगाएतका बिभिन्न क्षेत्रमा भालुको बिगबिगी रहेपछि स्थानिय त्रासमा रहेको स्थानियले बताएका छन् । जलवायु परिवर्तनका कारण जंगली फलहरूको कमी हुन थालेपछि भालुले मानववस्तीमा आक्रमण गर्न थालेको जानकारहरु बताउछन् ।

खानाको खोजीमा गाउँमा पुग्ने भालुले मानवमाथि आक्रमण गर्न थालेपछि स्थानीय नागरिकले भालुको आक्रमण रोक्न माग गरेका थिए । आईतबार र सोमबार गरेर दुई दिन सम्म सेजवालटाकुरा, रानीकोट, रातामाटा लगाएतका क्षेत्रमा रहेका वनजंगलमा डिभिजन बन कार्यालय सल्यान र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले भालुको खोजी गरेको थियो । तर घनाजंगल भएको तथा भालु रुखमा चढ्ने भएकाले भालु भेटाउन नसकिएको हो ।

यसैबिच भालु नियन्त्रण गर्न वनजंगलमा भालु खोज्दा पनि नभेटिएकाले सचेत रहन डिभिजन बन कार्यालय सल्यानले स्थानियलाई आग्रह गरेको छ । भालु जुनसुकै समयमा पनि मानवबस्तीमा आएर आक्रमण गर्न सक्ने भएकाले घाँसदाउरा, गाईबाख्रा चराउन जंगलजादा बिषेश सर्तक रहन आग्रह गरेको छ । यस्तै रातको समयमा बनजंगलको बाटो भएर हिडडुल नगर्न पनि आग्रह गरेको छ ।

भालुले रातामाटा, रानीकोटका स्थानियलाई आक्रमण गरेको थियो । सल्यानमा ठूलो मात्रामा भालु नपाईने गरेपनि यसक्षेत्रका मानिसहरुलाई आक्रमण गर्ने भालु राष्ट्रिय निकुञ्जबाट छुटेर आएको हुन सक्ने अनुमान गरिएको छ ।

याे पनि पढ्नुहाेस्

सल्यानमा भालुकाे अातङक, फेरी पनि एक महिलामाथी अाक्रमण हुँदा गम्भीर घार्इते

सल्यानमा भालु आक्रमणबाट १ जना गम्भिर घाइते

प्रकाशित मिति : २०७५ कार्तिक १३ गते मङ्गलवार