• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

जीप पल्टिँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते


कार्तिक १३, जाजरकोट ।

जाजरकोटमा मंगलबार बिहान जीप पल्टिँदा एकजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

कुशेगाउँपालिका ५ खुर्पामा बिहान साढे ६ बजे तिर भे १ ज ५५७ नम्बरको जीप पल्टिँदा चालक कमल परियारको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना भारतीय नागरिक घाइते भएका हुने । दुर्घटना भएको ठाउँ सदरमुकाम खलंगादेखि ३ घण्टा टाढा रहेको प्रहरीले जनाएको छ ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७५ कार्तिक १३ गते मङ्गलवार