• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

३ दिन सम्म खोज्दा पनि सल्यानमा भालु भेटिएन


बुद्धि पुन
कार्तिक १४, सल्यान ।
भालु नियन्त्रणको लागी सल्यान आएको बर्दियाराष्ट्रिय निकुञ्जको टोली फर्किएको छ ।

जंगलमा खानाको अभावमा मानव बस्तीमा आक्रमण गर्न थालेपछि सल्यानमा भालु नियन्त्रण गर्न राष्ट्रिय निकुञ्जबाट टोली आएको थियो । डिभिजन बनकार्यालय सल्यान,जिल्ला प्रहरी कार्यालय सल्यान र शसस्त्र प्रहरी कार्यालय सल्यानको समन्वयमा खटिएको सो टोलीले आईतबार देखी तीनदिन सम्म लगातार जंगलमा भालु खोजेको थियो ।

स्थानीयलाई भालुले आक्रमण गरेको क्षेत्र सेजवाल टाकुरा,रानीकोट,रातामाटा लगाएतका वन जंगलमा खोजी गरेपनि भालु भेटाउन नसकेर टोली फर्किएको हो । भालु अहिले बनक्षेत्रमा नभई सल्यानको निगाल्चुलाको बन तिर गएको खोजी कार्यमा संलग्नले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले भालुको पाईला अहिले निगाल्चुलाको घना जंगल तिर गएकाले त्यहाँ टोली जान नसकि फर्किएको जानकारी दिए । तर कुनै गाउँ आसपासमा देखिएमा पुनःभालुलाई नियन्त्रणमा लिनसकिने उनले बताए ।

सम्बन्धीत समाचर

मानिस माथी आक्रमण गर्न थालेपछि सल्यानमा भालु नियन्त्रण गर्न शुरु

सल्यानमा भालुकाे अातङक, फेरी पनि एक महिलामाथी अाक्रमण हुँदा गम्भीर घार्इते

सल्यानमा भालु आक्रमणबाट १ जना गम्भिर घाइते

 

प्रकाशित मिति : २०७५ कार्तिक १४ गते बुधवार