• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

बैज्ञानिक समाजवादी शिक्षाका निम्ति जनताको सत्ता जरुरी !


लेखक : टंक प्रकाश केसी

याे देश जनताको वास्तविक परिवर्तनका निम्ति ठुलठुला क्रान्ति हरु संघर्ष का अाँधि बेहेरिहरुमा नेपाली जनताको उच्च त्याग समर्पण र बलिदानी भयाे । राज्य व्यवस्था परिवर्तन र जनताको व्यवस्था परिवर्तन का निम्ति भनिएका सबै अान्दोलन हरुमा शैक्षिक सवाल हरु शैक्षिक पुनः संरचना का बिषयमा पनि जाेडताेडले एजेन्डा उठेको इतिहास हामी संग जगजाहेर छ। त्यही शैक्षिक सवाल, जनवादी शिक्षा, राष्ट्रियता, जनतन्त्र, जनजीविका र राजनीतिक अधिकार का निम्ति पनि विद्यार्थी हरु सधैं अग्र माेर्चामा सडकमा हाेमिएर उच्च बलिदानी सुरुवात गरेको इतिहास राणाका विरुद्ध गंगालाल श्रेष्ठ लगायतका चार जना सहिद हरु ले सुरु गरे । त्यो सबै अान्दोलन र दस बर्षे जनयुद्धमा पनि दिल बहादुर रम्तेल सम्म अाइपुग्दा पनि बलिदानीका उच्च काेठा हरु पुरा गरेको नेपाली समाजका सामु विद्यार्थी हरुले निर्विवाद रुपमा देखाए ।

बुर्जुवा शिक्षाका बहिष्कार र जनवादी शिक्षाका का कुरामात्र हाेइन तत्कालीन माअाेवादी ले अाधार इलाकामा जनवादी शिक्षाको अभ्यास गरेर विद्यालयहरु खाेले ।अाज तिनको अाैचित्य प्रष्ट गर्ने नसकेर केही हुल मान्छे हरु विलय भइ अझ वहुला समाजवादको डङ्का फिज्दै बजारमा घाँटी सुक्ने गरि अनर्थ चिच्यारहेका छन । नेपाली समाज अाज जनयुद्ध र जनयुद्ध ले उठाएका एजेन्डा संस्थागत गर्न नसक्दा बडो संकटमा रुमल्लिरहेकाे छ ।जनयुद्धका सपना पुरा गर्ने अर्को भिषण नयाँ क्रान्ति रणनीतिक र कार्यनीतिक बहस भइराखेको बेला तिनै जनताका जनवादी व्यवस्था का कुरा जनवादी शिक्षाका कुरा पुरा गर्ने महान बाँकी अभिभारा अाज हाम्रा सामु परिक्षणका रुपमा अाइरहेकाे छ । अाज शिक्षा चरम संकट मा छ ।शिक्षा मा निजीकरण, ब्यापारिकरण, भ्रष्टीकरणदेखी अपराधीकरण सम्मको चङ्गुल मा फस्दा पनि राज्य शिक्षा सम्बद्ध संयन्त्र हरु मुखदर्शक हुनु असाध्यै लज्जास्पद कुरा हाे ।

शिक्षा राज्यको काे सरकारकाे दायित्व हुनुपर्थ्याे ।शिक्षा ले विद्यार्थी हरुकाे सुनाैलाे भबिष्य र देशको भबिष्य सुनश्चित गर्ने सक्नुपर्छ तर त्यो हुन सकेन ।दलाल पुजीवादी राज्य व्यवस्था मा शिक्षा पनि असाध्यै वैदेशिक हस्तक्षेप हुनेगरी हाम्रो स्वाभिमान दिनदाहडै अस्त्र प्रहार गरिएको छ । उनकै महिमागान गाउने याे देशको स्वाभिमान बारे बेखबर जनशक्ति उत्पादन गर्दै उनकै चाकडी उनकै शिक्षालय नेपालमै सञ्चालन गर्दा सम्म याे राज्य माैन छ ।अझ काठमाडौ विदेशी पाठ्यक्रम पढाउछन अनि विद्यार्थी लाई पढिसकेपछी काममा विदेश पठाउछन त्यहीँ देशको स्वाभिमान गाउने नागरिक बनाउछन याे याे देशलाई घृणा गर्ने जनशक्ति उत्पादन गरिरहेका छन ।

हजारौं जनशक्ति पुजी शिक्षामा बिदेश पलायन भइरहेको छ ।के याे राज्य व्यवस्था ले यसको दिर्घकालिन समाधान दिन सक्ला त?अह सक्दैन ।याे दलाल पुजीवादी राज्य व्यवस्था विदेशी निर्देशनमा सञ्चालित छ ।यसका अर्थ सम्बन्ध ,शिक्षा सम्बन्ध ,राजनीतिक सम्बन्ध ,लगायत सबै त्यसैकाे प्रभाव छ ।त्यसैले शिक्षा मा केही मान्छे हरुले व्यवसाय सञ्चालन गर्ने अकुत सम्पत्ति अार्जन गरि गुण्डा गर्दि गर्ने थलाे बनेको छ ।अझ विशेष गरि निजी शिक्षा मा राज्यका उच्च पदस्थ काे सञ्चालक मा छन ।त्यसमा पनि अझ महान जनयुद्धका कमरेड हरु जाे बुर्जुवा शिक्षा बहिष्कार का नाममा हजारौं विद्यार्थी हरुलाइ युद्ध माेर्चामा हाेमाएका थिय। घाइते, वेपत्ता, त्याग र वलिदानी सम्मकाे उच्च विरता प्राप्त गर्ने कमरेड हरुकाे रगतसंग दाँज्दा कुनै अर्थमा घिर्ना अपमान गरेर पुग्दैन गद्दाहरु प्रति जाे अाज निजी शिक्षाको सञ्चालक बनी गुण्डागर्दि गरिरहेका छन । यसको जफाब त नेपाली क्रान्ति दिनुपर्छ ,भबिष्यले दिने छ ,त्यो सपनाको बिचमा हामी अाफै छाै ।

यहाँ विभिन्न व्यवस्था सरकार ,मन्त्री संविधान वदलिएकाे हल्ला गरियो ।शिक्षा मा कुनै रुपान्तरण गरिएन ।शिक्षा मा हेर्न राज्यको बुर्जुवा दृष्टिकोण वदलिएन ।राज्यले शिक्षा मा लगानी गर्ने संरचना बजेट बदलिएको छैन ।समाजवादी संविधान र जनवादी क्रान्तिका कार्यभार पूरा भए भन्दै हिड्नहरुे यी कुरा किन बुझ्दैनन ? समाजवाद मा शिक्षा राज्यको दायित्व हुनुपर्देन ? शिक्षा समानता ,सर्भसुलभ निशुल्क हुनुपर्दैन ? शिक्षा गरिब, किसान सबै जनताको पहुँचमा हुनु पर्छ कि पर्दैन ? नेपाल मा पढ्ने उमेर समुह का विद्यार्थी राेडमा गिठ्ठि कुटेर दुई छाक धान्न बिवश छन । राज्य ले विद्यालय पहुँच बाहिर रहेका विद्यार्थी हरुलाइ किन विद्यालय काे पहुँचमा ल्याउन सक्दैन ? उनिहरु अाफ्ना दास बनाउन चाहान्छन, चुनाव अाउदा एक बाेतल रक्सि भरमा झाेलेहरु (एजेन्डा विहिन र बेखबर) भर्ती गर्न चाहन्छन्, अनि अाफ्नाे राजनीतिक भबिस्य सुनश्चित गर्ने चाहान्छन ।

युगाै युग देखि सामन्तवाद प्रवृत्ति जमाएका र नयाँ अभिजातहरुर पनि अाफु राजनीति भबिष्य सुरक्षित गर्ने चाहान्छन ।गरिबका छाेरा छाेरिहरुले शिक्षा अार्जन गर्ने कुनै सम्भावना छैन ।बजारमा पसल सरि खाेलिएका निजी शैक्षिक संस्था हरु राज्यको कुनै नियन्त्रणमा छैनन् ।मनपरि शुल्क असुली रहेका छन ।निजि शैक्षिक संस्थालाई राज्य ले नियन्त्रणमा लिन सकिरहेको छैन ।अाज पुजीवादी भनिएका देशहरूमा पनि निजी शिक्षा राज्यको नियन्त्रणमा छ र शिक्षा निशुल्क छ ।धनी का छाेराछाेरिले बाेडिङ पढ्छन् र यसले समाजमा सरकारि र निजिमा पढ्ने बिचमा ठुलै बर्गिय खाडल हरु समाजमा द्वन्द नै निम्त्याउने गरि सुरु भइराखेको छन । धनिका छाेराछाेरि महङगा विदेशी कलेज पढ्छन भने गरिब का छाेरा छाेेरि गाउँका समान्य विद्यालय हरु मा अन्धकार भबिस्यका बिचमा खाडी का सपना देख्दै झुलिरहेका छन ।यिनको कतै पनि भबिष्य सुनश्चित छैन ।

एक राेपनि जग्गा बेचेर खाडी मुलुक जबर्जस्त धाउनुपर्ने र त्यसबाट अायतित रेमिटेन्स नेपाल का दलाल हरु काे जिन्दगीमा बिभिन्न बाहानामा लुट्ने प्रक्रिया चलिराखेको तस्बिर एेना सरि नेपाली समाजमा देखिएकै छ ।विदेशी दलाल हरुले बनाइदिएका पाठ्यक्रम पढाएर तिनका दासहरु उत्पादन श्रृङखला नेपाली समाजमा चलिरहेको छ ।यसकाे विकल्प विदेशको नक्कल नभएर नेपाली समाज ,नेपाली प्राकृतिक स्रोत साधनसंग मिल्दोजुल्दो शिक्षा प्रदान गरि उत्पादित जनशक्ति खपत गर्ने सक्ने कार्ययोजना निर्माण गर्ने जरुरी छ।अाज सरकारि शिक्षा सारै संकटमा छ ।संविधान मा घाेषणा गरिएको माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनिए पनि विभिन्न बाहानामा पैसा उठाउने अखडा बनिराखेका छन ।राज्य संग कुनै याेजना छैन । पाठ्यक्रम ,मुल्यांकन अादि बदल्न जरुरी छ ।यसको व्यवहारिक प्रयोग गरि अात्मनिर्भर जनशक्ति उत्पादन गर्ने जरुरी छ।वर्तमान शिक्षा प्रदान गरेका अाज एक्काइसौं शताब्दी भनिने मान्छे याे राज्य देश सञ्चालनको प्रक्रिया बारे बेखबर छन ।अझ पछिल्लो चरण त देखासिकी सामाजिक विकृति लिप्त भइ गाँजा ,चरेस अादि काे सिकार बन्नुले याे देश काे समृद्धि चेतनास्तर मा प्रश्न चिन्ह खडा गरिराखेकाे छ ।

त्यसैले शिक्षामा सुधार गर्दै अामुल परिवर्तन, वैज्ञानिक, व्यहारिक वनाइ एकीकृत जनक्रान्तीकाे कार्यदिशा मार्फत वैज्ञानिक समाजवादी शिक्षा अनिवार्य भइसकेको छ ।जसका निम्ति जनताको बैज्ञानिक समाजवादी राज्य व्यवस्था निर्माण हुन जरुरी छ।यसबाट समानताको राज्य व्यवस्था जनताको अामुल परिवर्तन काे चाहाना संस्थागत गर्दै मुक्ति गामी अान्दोलन हरु मा सहिद हरुले देखेको सपना पूरा गर्ने हामी अाजका जल्दाबल्दा युवा विद्यार्थी हरु सबै मुल्य चुकाउन तयार हुनैपर्छ ।अन्यथा गद्दार हरुकाेधाेकाअात्मसर्मपणकाे इतिहासलाई नकार्नुकाे अाैचित्य पुष्टि हुने छैन ।त्यसैले जनताको बैज्ञानिक समाजवादी शिक्षा अामुल परिवर्तन निम्ति दलाल पुजीवादी राज्य व्यवस्था खारेज गर्ने जरुरी छ ।जसका निम्ति नेपाली क्रान्ति काे माैलिक कार्यदिशा एकीकृत जनक्रान्तीमा लामबद्द हुनुको बिकल्प छैन । एकीकृत जनक्रान्ती अाधिबेहेरिकाे बलमा दलाल पुजीवादी राज्य सत्ता र दलाल पुजीवादी शिक्षा प्रणाली अन्त्य गर्नेपर्छ।

लेखक विप्लव नेतृत्वकाे नेकपा निकटकाे अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष हुन् । 

प्रकाशित मिती २०७५ कार्तिक १५ गते

प्रकाशित मिति : २०७५ कार्तिक १५ गते बिहिवार