• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे सल्लीबजारमा जिपको ठक्करबाट एक बालक घाइते


दुर्गा विसी
कार्तिक १६, सल्यान ।

सल्यानकाे सल्लीबजारमा जिपले ठक्कर दिदा एक जना घाईते भएका छन् ।

नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ ज ७३६ नम्बरको यात्रु बोकेको सनराइज बिहीबार बिहान ठक्कर दिदा बन्गाड कुपिण्डे नगरपालिका १ देवस्थलका ६ बर्षिय निशान पुन गम्भीर घाइते भएका हुन् । छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत बन्गाड कुपिण्डे नगरपालिका १ को वडा कार्यालय नजिकै देवस्थलमा जीपले ठक्कर दिएको थियो ।

ठक्कर बाट घाइते बालकको टाउको र मुखमा गम्भीर चोट लागेको छ । घाईते बालकलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । ठक्कर दिने जिप र चालक भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

साँघुरो सडकका कारण पछिल्लो समय पश्चिम क्षेत्रमा दिन प्रतिदिन दुर्घटनाको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १६ गते शुक्रवार