• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे दमाचाैर कर्णेगाउँमा तिहार बिषेश सांस्कृतीक कार्यक्रम सम्पन्न


लेकाली अनलाइन
कार्तिक १६, सल्यान ।

सल्यानकाे दमाचाैर कर्णेगाउँमा तिहार बिषेश सांस्कृतीक कार्यक्रम सम्पन्न भएकाे छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचाैर कर्णेगाउँ र बागचौर नगरपालिका १० दारीमबोटकाे संयुक्त आयोजनामा तिहार बिशेष संस्कृतिक कार्यक्रम बिहिवार भएकाे हाे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले लोक कला, साहित्य, सांस्कृतीको संरक्षण र विकास गर्न बागचौर नगरपालिकाले छिटै लोक सांस्कृतिक महोत्सवको आयोजना गर्ने र लोक कला साहित्य,  सांस्कृतिलार्इ पुरस्कृत गर्ने योजना रहेको बताएका छन्। उनले पुराना सांस्कृतीहरुको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको बताए ।

उनले पुराना सांस्कृतिहरुलाई संरक्षण, सम्बर्द्धन संगै विकास गर्ने अभियानमा बागचौर नगरपालिकाको पुर्ण सहयोग रहने समेत बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि नेपाल टेलिभिजन कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रका प्रमुख बिजय बर्माले सल्यान लोक सांस्कृतीको धनी जिल्ला भएको बताएका छन् । उनले कार्यक्रममा प्रर्दशन लहरे नाच, ख्याली झुमरा नाच तथा देउसी-भैलो नाचहरुलाई छायांकन गरेर नेपाल टेलिभिजन बाट प्रचार-प्रसार गर्ने अाश्वासन दिएका छन् ।

लोक सांस्कृति संरक्षण समुहका अध्यक्ष मोहनलाल धितालको अध्यक्षतामा भएकाे कार्यक्रममा बागचौर नगरपालिका वडान १० वडा अध्यक्ष कृष्ण खड्का, छत्रेश्वरी गाउँपालिका वडान १ का वडा अध्यक्ष नेवबहादुर शाह लगाएतका जनप्रतिनिधिहरुकोको सहभागीता रहेकाे थियाे । स्थानीय कलाकारहरूले स्वागत गित प्रस्तुत गरेर सुरु गरिएको कार्यक्रमको संचालन भानुभक्त माध्यमिक बिधालय दमाचौरका शिक्षक रेशम अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक १६ गते शुक्रवार