• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

विकास निर्माणका कामहरु हेर्न गाउँमा पुग्दै सल्यान छत्रेश्वरी गाउँपालिका अध्यक्ष


नवीन पौडेल
कार्तिक १६, सल्यान ।

सल्यान छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँ गाउमा पुगेर विकास निर्माणका कामहरुको अनुगमन सुरु गरेका छन।

गाउपालिका भित्र निर्माण भैराखेका तथा सम्पन्न भैसकेका बिजुली बत्ती, सडक, खानेपानी, भबन लगाएतका कामहरुको अनुगमन सुरु गरेका हुन। निर्माणको काम कसरी भैराखेको छ, जनताका अन्य समस्याहरु के छन बुझ्नलाई आफू हिडेको अध्यक्ष केसिले बताएका छन।

यसैक्रम वडा नम्बर ७ मा निर्माण भैराखेको संखमुल, साङ्कोट, जिताठान, राङ्सी हुँदै जामुनेखोला जोड्ने मोटरबाटोको अनुगमन गर्दै अध्यक्ष केसिले नयाँ विकासका सम्भावना हरुको खोजी गरिने पनि बताएका छन। बाटो, सडक, खानेपानी, शिक्षा, स्वास्थ लागाएतका निर्माणका कामहरु भनेको अनिवार्य हुने काम भएकाले नयाँ सम्भावनाहरुको खोजी गरिने उनले बताए ।

त्यस्तै वडा नम्बर ७ ले राङ्सीमा आयोजना गरेको समिक्षा तथा चियापान कार्यक्रम पनि सम्पन्न भएकोछ। वडा अध्यक्ष मेघराज भन्डारीले सहजीकरण गरेको कार्यक्रममा स्थानीय विभिन्न व्यक्तीहरुले सुझाव तथा गुनासा हरु व्यक्त गरेका छन । उनिहरुले खानेपानी तथा थप बिधुत सेवा बिस्तारका लागि आग्रह समेत गरेका छन।

बिधुतको कामहरु भैराखेकोले छिटोभन्दा छिटो टोल टोलमा बिधुत पुग्ने र खानेपानीको प्राबिधिक कामहरु सम्पन्न भैसकेकोले केही महिना भित्रै तेस छेत्रमा खानेपानीको काम सुरु गरिने अध्यक्ष केसिले बताएका छन। कार्यक्रममा छत्रेश्वरि गाउपालिका उपाध्यक्ष सिता केसि, नेपाली काङ्ग्रेसका निबर्तमान केन्द्रिय सदस्य डिल्लीराज रेग्मी लगाएतकाले पनि विकास निर्माण सम्बन्धि आफ्ना बिचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक १६ गते शुक्रवार