• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

आमा-बुबाको मृत्यु भएपछि सल्यानका यी ७ बालबालिकाको बिचल्ली, सहयोगका लागी अपिल


लेकाली अनलाइन
कार्तिक १७, सल्यान ।
आमाबुबा गुमाएपछि सल्यानका ७ बालबालिकाको बिचल्ली भएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर २ का ७ जना बालबालिकाको अविभावक नै गुमेपछि आर्थीक स्थितीमा समस्या भएको हो । २०७२ मा बुबा गुमाएका बालबालिकाले ३ बर्षपछि २०७५ कार्तिक ३ गते आमालाई समेत गुमाएका छन् ।

आर्थीक अबस्था कमजोर भएपछि बुबा प्रताप विकको उपचार गर्न नपाएरै मृत्यु भएको ति बालबालिकाले बताएका छन् । घरमा अविभावकको भुमिका खेलेकी आमाको पनि केहि दिन अघि मृत्यु भएपछि उनिहरुलाई झन समस्या भएको छ । सात बालबालिकामा १८ बर्षिय कासिराम विक, १६ बर्षिय भिम बहादुर विक, १४ बर्षिय झुपलाल विक, ११ बर्षिय दुर्गालाल विक, १० बर्षिय रोशन विक, ७ बर्षिय शोभा विक र ४ बर्षिय दिपक विक रहेका छन ।

उनिहरुको सम्पतीको नाममा अहिले भत्किएको झुपडी घर, ३ रोपनी जग्गा र २ वटा बाख्रा रहेका छन् । अब सबै भाईबहिनीको खर्च टार्नमा १८ बर्षीय कासिराम विकलाई चुनौती थपिएको छ ।

यी बालबालिकाहरुको पढाई समेत अन्धकार भएको छ । उनिहरुलाई शिक्षा भन्दा पनि खाली पेट कसरी टार्ने भन्ने समस्या भएको स्थानीय चिन बहादुर विक बताउछन् । अहिले उनि सँगै १८ बर्षिय कासिराम विकले ज्याला मजदुरी गरेर ६ भाईबहिनीको खर्च टार्न कोसिस गरेका छन् । तर यी

बालबालिकाहरु विद्यालयमा गई शिक्षा ग्रहण देखि अन्धकारमा पुगेका छन् । उनिहरुको शिक्षा र पालन पोषणका साथै घर निमार्णको लागी विभिन्न संघ सस्था तथा सरकारी निकायहरुले सहयोग गरे उनिहरुलाई राहत हुने देखिन्छ ।

यसैबिच कालिमाटी गाउँपालिकाले ४ हजार, स्थानियहरुले ५ हजार ६ सय ८० गरेको छ । दलित सेवा संघ सल्यानले पनि ती बालबालिका मध्ये एकजनालाई सिपमुलक तालिम दिएर रोजगार दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १७ गते शनिवार