• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा राती ८ बजेपछि देउसी भैलाे खेल्न नपाइने


लेकाली अनलाइ
कार्तिक १७, सल्यान ।

सल्यानमा वेलुका आठ वजे पछी देउसी भैलो तथा जुवातास नखेल्न जिल्ला प्रशासन कार्यालय सल्याने सबैलाई निर्देशन गरेको छ । जिल्ला प्रशासन कार्यलय सल्यानले एक सुचना जारी गर्दै वेलुका आठ वजे पछी देउसी भैलो नखेल्न अनुरोध गरेको हो ।

हिन्दु नेपालीहरुको महान चाड तिहारको सवसरमा सवैलाई शुभकामना व्यक्त गर्दे वेलुका ८ वजे पछि कोही कसैलाई जुवातास लंगुरवुर्जा, कौडा खेल्ने खेलाउने, मादकपदार्थ सेवन गरी होहल्ला झै–झगडा गर्ने देउसीको नाममा जवरजस्ती चन्दा उठाउने, शान्ती सुरक्षा मर्यादा र सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्ला वासी सवैलाई सुचना जारी गर्दै यस्तो कार्य नगर्न निदेशन गरेको छ ।

साथै जिल्ला प्रशासन कार्यालय सल्यानले मादक पदार्थ विक्रि वितरण गर्न, मदिरा सेवन गरी सार्वजानीक स्थलमा होहल्ला गर्न र शान्ती सुरक्षामा असर गर्ने कार्य गरे गराएमा कानून वमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालद्वारा हस्ताक्षरीत सूचनामा भनिएको छ । विभिन्न संचार माध्याममा सूचना प्रशारण तथा प्रकाशन गरिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १७ गते शनिवार