• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

तिहारमा मात्रै नेपालमा झिलिमिली बत्ती ६० कराेडका भित्रिए


कार्तिक १८, काठमाण्डाैँ ।

तिहारमा नेपालमा ६० कराेड सम्मकाे झिलिमिली बत्ती भित्रिएकाे छ ।

नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेज नारायण खरेलका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको छ । अहिले तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार सुरु भइसकेको छ । इलेक्टि्रक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ । सडकपेटीमै पनि यो बत्ती बेच्नेहरु भेटिन्छन् ।

महासंघका अध्यक्ष खरेलका अनुसार यसवर्ष तिहारका लागि झण्डै ६० करोड रुपैयाँ भन्दा बढीको बत्ती विदेशबाट आयात भएको छ । थुप्रै होलसेलरहरुले तिहारका लागि यत्तिको बत्ती झिकाएका हुन् ।

‘झिलिमिली बत्ती तिहारको समयमा मात्रै बिक्री हुन्छ । अन्य समयमा त यसको बिक्री हुँदैन नै भन्दा हुन्छ,’ खरेलले भने, ‘व्यावसायीले यो वर्ष झण्डै ५० देखि ६० करोड रुपैयासम्मको झिलिमिली बत्ती झिकाएका छन् ।’

यी बत्ती डेढ अर्ब रुपैयाँ बराबरमा कारोबार हुन्छ । यसमा उपभोक्ताले बिजुलीको महशुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग दोब्बर भन्दा बढी खपत हुन्छ ।

यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाटै आयात हुने गरेको छ । तिहारलाई लक्षित गरी व्यावसायीले झण्डै २-३ महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेका थिए ।

त्यसअनुरुप नेपालमा पछिल्ला केही दिनमा दैनिक ठूलो परिमाणमा झिलिमिली बत्ती भित्रिरहेका छन् । कस्ता बत्ती आए ? यो समयमा साधारण बल्बको बिक्री पनि दुईगुणाले बढ्ने गरेको व्यावसायी बताउँछन् ।

प्रकाशित मिति : २०७५ कार्तिक १८ गते आइतवार