• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

मापसे गरी सवारी चलाउनेलाई सल्यानमा ट्राफिक प्रहरीको कडाइ


लेकाली अनलाइन
कार्तिक १९, सल्यान ।
चाडपर्वलाई लक्षित गरि सल्यानमा रातको समयमा मापसे चेकिङ सुरु गरिएको छ ।

सल्यान ट्राफिकको सक्रियतामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुलाई कडाइ गरिएको हो । मापसे गरेर जथाभावी सवारी चलाउदा दुर्घटना निम्तने भन्दै यस्तो कार्य गरेको ट्राफिक प्रहरी सल्यानका खेम केसीले बताए ।

मापसे गरेर सवारीसाधन चलाउनेलाई जरिवाना गर्ने देखि सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाउने कार्य भएको उनले बताए । उनले मापसे गरेर सवारीसाधन नचलाउन पनि अाग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार