• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

कमिसन खाएको भन्दै बाराका वन प्रमुखलाई विप्लवको जनपरिषदद्वारा कारबाही


कार्तिक २०, बारा ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट क्रान्तिकारी जनपरिषदले बाराले जिल्लाका जिल्ला वन प्रमुख ज्ञानेन्द्र मिश्रमाथी कारवाही गरेको छ ।

बिहीबार एक विज्ञप्ति मार्फत परिषदले सो कुराको जानकारी गराएको हो ।

परिषदले उनी माथी विभिन्न साझेदारी वनहरुसँग घुस र कमिसन मागेको, ठेकेदारहरु सँँग साँठगाँठ गरी उपभोक्तालाई काठ नदिएको, वन हेरालु कर्मचारीको तलव रोकेको, कमिसन खाइ गिट्टी, बालुवा र ढुंगा दोहन गर्न दिएको जस्ता आरोप लगाएको छ ।

स्थानीय जनताबाट यस्ता गुनासाहरु आएकोले उचित छानबिन गरी उनलाई यस्तो कारवाही गरिएको जनपरिषद बाराका उपप्रमुख देवानन्दद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा कारवाहीको स्वरुप बारे भने खुलाइएको छैन ।

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार