• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

दाङ तुलसीपुरमा भैलो टोली दुर्घटनामा, २४ जना घाईते


पूर्ण के.सी. कार्तिक २२ दाङ । तुलसीपुरमा भैलारा बोकेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा २ दर्जन बढी घाईते भएका छन । तुलसीपुर उपमहानगरपालीका वडा नं. ७ झुमर्रेमा रहेको आदर्स युथ कलवले भैलोको लागी प्रयोग गरेको लु १ ज ७५१६ नम्बरको पिकप गाडी दुर्घटनामा परेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख बिबेक शाहाले दिएको जानकारी अनुसार मोतीपुर ओरालोमा भएको दुर्घटनामा परी २४ जना घाईते भएका हुन् ।

घाईते मध्य ३ जनालाई तुलसीपुरमा सामान्य उपचार पछि अन्यत्र रिफर गरीएको छ भने अन्य २१ जनाको तुलसीपुरमा उपचार भएको छ । अन्यको अवस्था सामान्य रहेको शाहाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कार्तिक २२ गते बिहिवार