• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

२३ बर्षपछि सभामुख महराले जन्मघर रोल्पा आएर तिहार मनाए


कार्तिक २४, रोल्पा ।

२३ वर्षपछि सभामुख कृष्णबहादुर महराले आफ्नो जन्मघरमा तिहारको टीका लगाएका छन् । तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाउनु भएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टीका लगाएका हुन्।

सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुख्र्यौली घर आएर टीका लगाउने अवसर जुरेको थिएन ।

रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाए । सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुर्खाैली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाएका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक २४ गते शनिवार