• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा दुर्इअाेटा माेटरसार्इकल दुर्घटनामा परि २ जनाको मुत्यु, २ घाईते


लेकाली अनलाइन
कार्तिक २७, दाङ ।

दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुर्इ जनाकाे ज्यान गएकाे छ ।

जिल्लाकाे घोराह- तुलसीपुर सडक खण्डको रावतगाउँ चोक नजिकै मंगलवार विहान ११ :५५ वजेतिर टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । ज्यान जानेमा मोटरसाईकल सवार घोराही उपमहानगरपालिका १६ सानीअम्बापुर निबासी ४२ बर्षिय तेजबहादुर खत्री रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक बिबेक महराले जानकारी दिएका छन् । खत्रीको घटना स्थलमै ज्यान गएको बताईएको छ ।

दुर्घटनामा परि मोटरसाईकल चालक सानी अम्वापुरकै बसन्त गिरी घाईते भएका छन । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई सोहि दिसा तर्फ आउदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरी नायव निरिक्षक महराले जानकारी दिएका छन्  । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको जनाईएको छ ।

त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गएराती लु २१ प ५३४८ नंम्वरको मोटरसाइकलले ठक्कर दिदा एक जनाको ज्यान गएको छ । मृतक अन्दाजी ६० वर्षीय पुरुष भएको र उनकाे पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।मृतकको शवलाई अहिले लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाईकल चालक प्यूठान माण्डवी गाउँपालिका–१ कुमलटारका २० वर्षीय कमल अधिकारी घाइते भएका छन् । उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको प्रहरिले जानकारि दिएको छ ।

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार