• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यान छत्रेश्वरी गाउँपालिका बिरुद्व परेकाे मुद्दा उच्च अदालतले फैसला गर्याे


लेकाली अनलाइन
कार्तिक २७, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिका बिरुद्व परेकाे मुद्दा उच्च अदालत सुर्खेतले फैसला गरेकाे छ ।

शिक्षक सरुवाकाे विषयलार्इ लिएर ४ जना शिक्षकहरुले गाउँपालिका विरुद्व गएकाे भदाै २२ गते मुद्दा हालेका थिए । अाज उक्त मुद्दाकाे बिषयमा छलफल गर्दा उच्च अदालत सुर्खेतले गाउँपालिकाकाे पक्षमा फैसला गरेकाे हाे ।

उच्च अदालतकाे संयुक्त इजलासले चारै जनाले हालेकाे मुद्दालार्इ निस्कृय गरेकाे र काम कारबाही अगाडी बढाउने फैसला गरेकाे छत्रेश्वरी गाउँपालिकाका कानुनी सल्लाकार डम्बर अाेलीले लेकाली अनलाइनलार्इ जानकारी दिए । केहि महिना अघि गाउँपालिकाले २५ जना शिक्षकहरुकाे सरुवा गर्ने निर्णय गरेकाे थियाे ।

यता गाउँपालिका अध्यक्ष सन्ताेष केसीले अाफु कानुनको अधिनमा रहेर सरुवा गरेकाे बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले अदालतले सहि निर्णय गरको र निर्णय स्वागत योग्य भएको बताए । उनले अदालतले फैसला गरिसकेकाे र अब सरुवा गरिएको प्रक्रिया अगाडि बढ्ने बताएका छन्  ।

यसैबिच गाउँपालिकाकाे नियमीत काम र विद्यालयकाे तह घटबढमा रुष्ट हुँदै २ जनाले हालेकाे अर्काे मुद्दामा पनि उच्च अदालत सुर्खेतले अन्तिम फैसला नहुँदासम्म गाउँपालिकाले काम कारबाही अगाडी बढाउन सक्ने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार