• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा ट्राफिक नियम कडार्इ : बढी भाडा असुल्ने गाडीलार्इ कारबाही, ठगीए तत्काल खबर गर्न अपिल !


लेकाली अनलाइन
कार्तिक २७, सल्यान ।

सल्यानमा यात्रुसँग बढी भाडा लिने सवारी साधनलार्इ ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै लिएको बढी भाडा सम्बन्धित व्यक्तिलाई फिर्ता गराएको छ ।

मंगलबार जयतपानी देखि दाङ तर्फ हिडेकाे ना ४ ख ५७९२ नम्बरकाे बसले यात्रुसँग ताेकिएकाे भाडा भन्दा बढी भाडा लिएपछि गाडी धनीलार्इ जरिवाना गर्नुका साथै बढी लिइएकाे भाडा फिर्ता गरिएकाे हाे । उक्त गाडीले ६ जना यात्रुसँग ताेकिएकाे भन्दा बढी भाडा लिएपछि गाडीलार्इ १५ सय जरिवाना र पीडित यात्रुकाे भाडा फिर्ता गराइएकाे ट्राफिक प्रहरी खेम केसीले लेकाली अनलाइनलार्इ जानकारी दिए ।

सल्यानमा केहि दिन यता ट्राफिक नियम सचेत र कडाइ पारिएकाे छ । गएकाे अाइतबार पनि बालुवासंग्रहीबाट श्रीनगरको लागी २ सय ९७ रुपैँया लाग्ने भाडामा ३ सय ५० रुपैँया यात्रुसँग भाडा असुलेपछि एउटा गाडी कारबाहीमा परेकाे थियाे ।

अहिले सल्यान ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा सवारी जाँचलाई प्राथमिकतामा राखेको छ । भाडादर सबै यात्रुले प्रस्ट देख्ने गरी गाडीहरूमा टाँस्न प्रहरीले निर्देशन पनि दिएको ट्राफिक प्रहरी खेम केसीले बताए । उनका अनुसार भाडादर नटाँस्ने र बढी भाडा लिने गाडीहरू कारबाहीमा पर्ने गरेका छन् ।

सवारी साधनले बढी भाडा लिएको भए तत्काल ट्राफिक प्रहरीलार्इ जानकारी दिन यात्रुसँग उनले अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार