• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

दाङबाट काठमाडौं हिँडेको बस कावासोतीमा दुर्घटना, १६ जना घाइते


लेकाली अनलाइन
कार्तिक २९, कावासोती ।

नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक छेउबाट पल्टिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरले दिएको जानकारी अनुसार गम्भीर घाइते ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर चितवन पठाइएको छ । सामान्य घाइते १२ जनाको भने कावासोतीकै कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

चालक निदाएका कारण दुर्घटना भएको आशंका गरिए पनि चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २९ गते बिहिवार