• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे ज्यामिरेचौरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना


लेकाली अनलाइन
कार्तिक २९, सल्यान ।
सल्यान दार्मा गाउँपालिका ६ ज्यामिरेचौरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । इकाईको उद्घाटन नेकपा केन्द्रीय सदस्य एव्म प्रतिनीधि सभा सदस्य टेकवहादुर वस्नेतले जनताले स्वास्थ्य सेवा पाउने गरि संविधानमा मौलिक हकको रुपमा रहेको वताए । उनले भने- “मौलिक हक कार्यान्वयनका लागि ऐन नियम निर्माण भएको छ ।”

सामुदायिक स्वास्थ्य इकाई उद्घाटन कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका वस्नेतले विकास भनेको वाटो मात्र वनाउनु होईन मानविय विकासलाई पनि जोडेर लैजान संघ,प्रदेश र स्थानीय सरकार लागि परेको वताए । उनले भने- “जनताको सहभागिताले मात्र दिगो विकास छ । सवै तहवाट हुने काममा जनतालाई सक्रिय सहभागि वनाउन लागि परेका छौ ।”

“गाउँमा गाउँमा हुने विकासमा मेशिनको प्रयोगले जनताको रोजगारी खोसिएको छ । जनताको अधिकतम श्रम उपयोगरी रोजगारी सृजना गर्नु पर्ने आवश्यकता रहेको छ”- वस्नेतले भने- “गाउँमा आएको विकासमा सवै सहभागि वनौ ।”

कर्णाली प्रदेश सभा सदस्य गुलाव जंग शाहले गाउँमा भएका विकास निर्माणलाई जनताले दिगो रुपमा उपयोग गर्ने संरक्षण गर्नु पर्ने वताए । उनले भने- “निर्माण भएका साधान स्रोत उपयोगमा ध्यान दिऔ । दुर दराजका जनतालाई स्वास्थ्यको सेवाको पहुचमा ल्याउन कर्णाली प्रदेश सरकार स्थानीय तह संग सहकार्य गरेर अघि वढ्छ।”

नेकपा केन्द्रीय सदस्य रहेका शाहले स्वास्थ्य क्षेत्रमा सचेतनाको कमिले रोगीहरुको संख्या वढ्दै गएकोले नेता कार्यकर्ता मार्फत जनचेतनामूलक कार्यक्रम अघि सार्नु पर्ने आवश्यकता महशुश गरको वताए। उनले- “राजनीतिक कुराले मात्र जनताको जिवन स्तर उठेन अव विकास निर्माण , उत्पादन र सचेतनामूलक कामलाई अभियानका रुपमा अघि वढाउनु पर्ने भएको छ ।”

गाउँपालिकाले विनियोजन गरको ५लाख वजेट वाट भवन निर्माण गरिएको छ । यहाँ भवन निर्माणका लागि स्थानीय डण्डविर कामीले २ रोपनी २ आना जग्गा निशुल्क उपलब्ध वनाएको दार्मा गाउँपालिका अध्यक्ष निमवहादुर केसीले जानकारी दिए। उनले- “यहाँ कार्यरत कर्मचारीको लागि ४ लाख रकम रहेको छ ।”

दार्मागाउँपालिका भित्र रहेका ६ वटा वडामा स्वास्थ्यको पहुच विस्तार गर्ने काम सुरु भएको छ केसीले भने- “जनतालाई पाएक पर्ने र ठूलो भूगोलमा वस्ने सर्वसाधारणलाई स्वास्थ्यको सेवा लिन सहज वनाउन यो वर्ष २ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल,उपाध्यक्ष टिका शर्मा, प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुन लगायतले मन्तब्य राखेका थिए । दार्मा स्वास्थ्य शाखा प्रमुख थलवहादुर वुढाथोकीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको अध्यक्षता वडा नम्वर ६ का अध्यक्ष दुर्गावहादुर मल्ल र सञ्चालन स्वास्थ्य चौकी त्रिवेणीका प्रमुख यज्ञ वस्नेतले गरेका थिए ।

गाउँमै सामुदायिक स्वास्थ्य इकाई स्थापना भए पछि स्थानीयले खुसियालीमा वाजागाजा र सांस्कृतिक कार्यक्रम सहित खुसियाली मनाएका थिए । गाउँमै स्वास्थ्य सेवा सुरु सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आए पछि स्थानीयहरुले खुुसी भएका छन् ।

सामान्य स्वास्थ्य चेक जाँचका लागि चार घण्टा सम्मको पैदल यात्रा गर्नु पर्ने वाध्यता हटेको धनवहादुर विके वताउनु भयो । उहाले भन्नुभयो सामान्य स्वास्थ्य चेक जाँचका लागि त्रिवेणी,भल्चौर वा दार्माकोटमा रहेको स्वास्थ्य चौकी जानु पर्ने वाध्यता हटेको छ । यहाँ पुग्न आवात जावत गर्न ४ घण्टा हिड्नु पर्दथ्यो ।

प्रकाशित मिति : २०७५ कार्तिक २९ गते बिहिवार