• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

कर्णाली नदीमा डुबेर अष्ट्रेलियन नागरिकको मृत्यु


कार्तिक २९, कालिकोट ।

कर्णाली नदीमा र्याफ्टिङ गर्दा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । हुम्ला देखि मुगु

हुदै सुर्खेततिर आउँदै गरेको अवस्थामा कालिकाेटकाे जिल्लाको शान्नि तृवेणि गाँउपालिका स्थित आम्तडा नजिकै बोट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरि निरीक्षक मणिराम भट्रले जानकारि दिए । याफ्टिङ गर्दा नदीमा खसेर अष्ट्रेलियन नागरिक अनयिनको मृत्यु भएको हो । पाँच जनाको टोलीमा चारजना सकुशल रहेको प्रहरि निरक्षक भट्रले जानकारि दिए ।

दुर्घटना स्थल आम्तडामा नदिको विचमा ठुलो ढुङगा रहेको हुनाले यस क्षेत्र -याफ्टिङको लागि अति जोखिम मानिदै आइरहेको छ । विस्तृत जानकारिको लागि अहिले घटना स्थलमा नेपाल प्रहरि र नेपालि सेनाको टोलि त्यस तर्फ गइरहेको प्रहरि प्रमुख विनोद शर्माले बताए ।

२०६९ सालमा पनि बोर्ड पल्टिदा २ जना अमेरिकन नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक २९ गते बिहिवार