• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा मरिचमानले शिलान्यास गरेको सडक ३० बर्षमा पनि बन्न सकेन,१३ जनाले ज्यान गुमाइसके


कार्तिक ३०, सल्यान ।

२०४५ सालमा तत्तकालिन प्रधानमन्त्री मरिचमान श्रेष्ठले सल्यानको दुलरापोखराबाट पश्चिम बन्गाड जोड्ने सड्कको उद्घाटन गरे । तरपनि ३२ किलोमिटर सडकले ३० बर्षसम्म सवारी साधन पूर्णरुपमा चलाउन सकेन । ३० बर्षदेखि नै लगातार राज्यको रकम खर्च भइरहेको छ । तरपनि नागरिकले ढुक्कसँग गाडी चड्न पाएका छैनन् ।

पछिल्लो समय ३२ किलोमिटरमध्ये १८ किलोमिटर सडक ग्रयाभल र १४ किलोमिटर सडक वाटासिल गर्ने जिम्मा दुई बर्षअघि सन्तोषी निर्माण सेवाले लिएको थियो । दुईबर्षमा पनि निर्माण कम्पनीले आधा पनि काम सकेको छैन । साना सवारी साधनहरु चलेपनि ठुला सवारी साधन चल्न सकेका छैनन् ।

देश १०० पर्यटकीय स्थलमा परेको कुपिण्डे दह यही सडक खण्डकोबीचमा पर्दछ । बर्षेनी हजारौ पर्यटक यहाँ आउँछन तर सडकको समस्या झेलिरहेका छन् । सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने यो मुख्य मार्ग पनि हो ।

२०७४ चैतमा काम सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको थियो । समय सकिएको एक बर्ष पुग्न लाग्दा पनि आधा काम सकेको छैन । २४ करोड लागतमा निर्माण थालिएको भएपनि सडकको अबस्था भने निकै नाजुक छ । सकडकै कारण केही समय अघि डरलाग्दो दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार