• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

हेड नेटवर्कले सल्यानमा यी ३ अाेटा विषय उठायो


लेकाली अनलाइन 
कार्तिक ३०, सल्यान ।
हेड नेटवर्क सल्यानको बैठक सल्यान खलंगामा सम्पन्न भएको छ । बैठकले संयोजकमा तोराण बुढाथोकीलाई चयन गरेको छ ।

जिल्लाका सार्वजनिक समस्याका लाई समाधान गराउन सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउने गरी १ बष अघि देखि शुरु भएको नेटवर्कको यस अघिका संयोजक रुपलाल भण्डारीको कार्यक्षेत्र अन्यत्र भएकाले उनलाई बुढाथोकीलाई चयन गरेको हो । बैठकले जिल्ला अस्पतालमा अवरुद्ध शल्यक्रिया सेवालाई सुचारु गर्न सम्बन्धी निकायलाई आग्रह गर्ने, पशु सेवा कार्यालयको कृतिम गर्भाधानको सुवा सुचारु हुनुपर्ने र जिल्लाका स्थानिय तहहरुले शुसासन नीति बनाएर कार्यान्वयन गर्नुपर्ने लगाएतका निर्णय गरेको छ ।

हरप्लेसको सहजिकरण गरिरहेको हेड नेटवर्कले यस्तै सामाजिक गतिविधि गर्दै आएको छ । बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र विपद व्यवस्थापनको क्षेत्रमा काम गर्नेहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार