• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान बागचौरकाे जामुनेचाैरमा छबिकिरण अधिकारीले एकल रचना बाचन गरे


पुष्पा रिजन डि.सी
कार्तिक ३०, सल्यान ।
सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको दशौं साहित्य श्रृङखला शुक्रबार बागचौरकाे जामुनेचाैरमा सम्पन्न भएको छ ।

एकल रचना वाचनमा साहित्यकार छबिकिरण अधिकारीले आफ्ना थुप्रै कविता, मुक्तक, खेस्रा, गित र गजलहरु सुनाएर उपस्थित सबैलाई मनोरञ्जित बनाएका थिए । आफ्नै स्वरमा उनले दर्जनौं साहित्य प्रतिभाहरू सुनाएका छन ।

बागचौर नगरपालिका ६ जामिरेचेरमा दिउसो ३.३० बजे देखी सुरु भएको कार्यक्रम साँझ ५ बजे सकिएको थियो । कार्यक्रममा साहित्यक अनुरागी, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, पत्रकार, विद्यार्थी लगाएत २०० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।

बागचौर नगरपालिका १० पिपलनेटा घर भएका अधिकारिले सिजर्नाका मुनाहरू शिर्षकके गजल संग्रह पनि प्रकाशन गरिसकेका छन् । कार्यक्रमको प्रमुख अतिथिमा बागचौर नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष भुपेन्द्र राज वली रहेका थिए । विशिष्ट अतिथि परिषद्का सल्लाहकार पुर्ण भण्डारी पङ्कज र केशवराज देवकोटा रहेका थिय ।

त्यसैगरी अतिथिमा परिषद्की सह–सचिव पुष्पा रिजन डि सी र उपाध्यक्ष हरि के सि एकल यात्री रहेका थिय । परिषद्का अध्यक्ष ईन्द्र भण्डारी ‘अंकित’को अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तारादेव शर्मा ‘प्रर्दशन’ ले गरेका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार