• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा शान्तिसुरक्षा कायम गर्न मदिरा मुक्त जिल्ला बनाउनु पर्छ : डिआइजी शाह


लेकाली अनलाइन
मंसिर १, सल्यान ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिअाइजी) महेश विक्रम शाहले धेरैजसाे अपराधहरु मदिरा सेवनकाे कारणले हुने भएकाले त्यसलार्इ बन्द गर्नुपर्ने बताएका छन् । उनले घरेलु मदिरा मात्रै नभएर सबैखाले मदिरा बन्द गरेर सभ्य समाज निर्माण गर्नुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानकाे अायाेजनामा सनिबार सदरमुकाम खलंगामा भएकाे नागरिक सुनुवार्इ कार्यक्रममा बाेल्दै डिअाइजी शालले सल्यानमा शान्ती स्थापनमा कायम गर्नकाे लागी मदिरा मुक्त जिल्ला घाेषना गर्नुपर्ने बताएका छन् । उनले सल्यानलार्इ मदिरा मुक्त बनाउनकाे लागी सबै तहका जनप्रतिनिधि र अाम नागरिकहरुले पहल गर्नुपर्ने बताए ।

मदिरा मुक्त जिल्ला बनाउन महिलाकर्मी, बुद्धिजिवी, पत्रकार लगाएतले दबाबमुल अावाज उठाउनु पर्ने उनकाे भनार्इ छ । उनले भने-“हामीले मात्रै गरेर केहि हुँदैन्, सबै जनताकाे हातमा छ, तपार्इहरु अाफै लागेर मदिरा मुक्त जिल्ला बनाएर शान्ती स्थापना गर्नुहाेस् ।”

सरकारले मदिरा बिक्री गर्न दिएर राजश्व लिइ विकास गर्नुकाे कुनै अाैचित्य नभएकाे उनकाे तर्क छ । उनले भने- “राजश्वका लागी मदिरा बिक्रि गर्न नदिउँ, बरु त्यसलार्इ राेकेर अन्य राजश्वका दायरा खाेजाैँ ।” पहिले सानाे ठाउँबाट मदिरा मुक्त समाज बनाउन सकिने भन्दै उनले गाउँ गाउँबाट मदिरा मुक्त समाज बनाउदै पछि समग्र जिल्लालार्इ मदिरा मुक्त जिल्ला बनाउन सकिने बताएका छन् ।

त्यस्तै उनले अपराधीलार्इ समातेर जेल हाल्दैमा अपराध कम नहुने बताए । त्यसकाे लागी समाजबाटै अपराध उत्पादन हुन नदिन उनले अाग्रह गरेका छन् । सबै जनतामा सुरक्षित चेतना भएमा प्रहरीलार्इ सजिलाे हुने र अपराध कम हुने उनकाे भनार्इ छ ।

उनले कुनैपनि घटना प्रहरीलार्इ जनाकारी गराउँदा वा जिल्ला प्रहरी कार्यालयकाे १०० नम्बरमा फाेन गर्दा व्यवास्ता गरिएमा त्याे भन्दा माथिल्लाे तहका कर्माचारीलार्इ खबर गरिदिन सबैलार्इ अाग्रह गरेका छन् ।

त्यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरूले सल्यानमा प्रहरीले गरेका राम्रो कामको प्रसंसा सँग नराम्रो कामको गल्ती पनि अौँल्याएका थिए । पछिल्लो समय सल्यान खलंगामा ट्राफिक प्रहरी भएजस्तो र ट्राफिकले आफ्नो जिम्मेवारी राम्रो ढंगले निभाएको भन्दै सबैले ट्राफिक प्रहरीको प्रशंसा समेत गरेका थिए ।

खलंगा पुरानो बसपार्कको सबै ठाउँमा गाडी पार्किङ निशेध गरिएको र ट्राफिकले पनि सबै व्यक्तिलाई सम्मान रुपले आफ्नो जिम्मेवारी पूरा गरेको कार्यक्रममा वक्ताहरूले बताएका थिए । उनिहरुले बसपार्कमा जतासुकै पार्किङ निषेध गर्दा पार्किङ गर्ने ठाउँ नभएको भन्दै गाडी पार्किङ गर्ने ठाउँ मिलाउन शारदा नगरपालिकालाई अाग्रह गरेका छन् ।

कार्यक्रममा जिल्ला स्थित विभिन्न सराेकारवाला व्यक्ती, जनप्रतिनिधि, सुरक्षाकर्मी, मानवअधिकार कर्मी, पत्रकार लगाएतकाे सहभागीता रहेकाे थियाे ।

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार