• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङकाे तुलसीपुर क्षेत्रमा हर्न बजाउनेलाई कारबाही !


लक्ष्मण विश्वकर्म
मंसीर १, दाङ ।

दाङकाे तुलसीपुर बजार क्षेत्रमा अटेरी गरी हर्न बजाउने सवारी साधनका चालकलाई यहि मंसीर १६ गते कारवाहि हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को वडा कार्यालयले बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेपनि कार्यन्वयन प्रभावकारी हुन सकेको छैन । वडा कार्यालयको आयोजनामा शनिवार तुलसीपुरमा सम्पन्न भएको सरोकारवालाहरुको वैठकले यस्तो निर्णय गरेको हो । बैठकले मंसीर २ गते आईतवार देखी १५ गते सम्म विभिन्न स्थानमा चेतनामुलक होर्डिङ बोर्ड राख्ने , सुचना, पम्प्लेट र प्रचारप्रसारको माध्यमबाट सम्वन्धित सवैलाई जानकारी गराउने निर्णय गरेको छ ।

दुई हप्ता सम्म विभिन्न गतिविधि मार्फत जानकारी गराई सचेत गराउदा समेत अटेरी गरी जताभावी हर्न बजाउने कुनै पनि सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाहि गर्ने चेतावनी दिईएको छ । साथै बैठकमा तुलसीपुर बजारलाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिएका छन् ।

तलसीपुर उपमहानगरमा जनप्रतिनिधि आईसकेपछि वडा नम्वर ५ को वडा कार्यालयले बजारलाई कोलाहल र ध्वनी प्रर्दुषण मुक्त बनाउने योजनाका साथ २०७४ साउन १ गतेदेखी लागु हुने गरी पहिलो पटक तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार