• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

विगत एक महिनादेखि जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया सेवा बन्द, बिरामीलाई सास्ती


लेकाली अनलाइन
मंसिर १, सल्यान ।

जिल्ला अस्पताल सल्यानले बेहोस बनाएर गरिने शल्यक्रिया सेवा बन्द गरेको छ  ।

चिकित्सक अभावका कारण र अस्पतालमा केहि जटिल समस्या अाएपछि सेवा बन्द भएकाे हाे । सेवा अबरुद्ध हुँदा शल्यक्रियाका लागि बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल श्राेतले जनाएकाे छ ।

गएकाे कार्तिक ४ गते बागचाैर नगरपालिका ७, कोटबाराका बालकको शल्यक्रियापछि बेहोस अवस्थामै मृत्यु भएपछि आन्दोलन भएको थियो  । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्त बिरोधमा उत्रेका थिए । बालकको मृत्युपछि विभिन्न आरोप प्रत्यारोप लागेको र क्षतिपूर्तिबापत रकम तिर्नुपरेको चिकित्सकको भनार्इ छ । यसरी जोखिम मोलेर शल्यक्रिया गर्न छाडिएको श्राेतले बताएकाे छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले एउटा घटनाका कारण अस्पतालमा उपचारमा समस्या भएको बताए । ‘कुनै डाक्टरको मान्छे मार्ने चाहना हुँदैन,’ उनले भने, ‘उपचार गरेपछि सबै बाँच्छन् भन्ने सय प्रतिशत ग्यारेन्टी हुँदैन ।’ शल्यक्रिया बन्द भएपछि छिमेकी स्थानीयका साथै जिल्ला रुकुम र रोल्पाका बिरामीसमेत समस्यामा परेको उनको भनाइ छ ।

त्यसैगरी चिकित्सक अभावका कारण पनि सेवा अबरुद्ध भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताए ।अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टर डाक्टर प्रदीप शर्माले शल्यक्रिया सेवा दिंदै आएकोमा कात्तिक १४ गते देखी उनको समयावधी सकिएको र नयाँ चिकित्सक पनि नभएकाले सेवा प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ ।

यस अवधिमा अस्पतालमा सेवा लिन आएका विभिन्न प्रकारका शल्यक्रिया गर्नु पर्ने अवस्थाका २५ जनाविरामी लाई दाँङ रेफर गरिएको प्रमुख बुढाले बताए । पहिले जिल्ला अस्पताल सल्यानमा एक महिनाकाे अवधिमा साना/ठूला गरी ९० वटासम्म शल्यक्रिया हुने गरेका थिए ।

“विगत दुई साता यता अस्पतालमा सुत्केरी हुन आएका मध्ये पाँच जना शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलाहरूलाई समेत दाङ रेफर गर्नुप¥यो ।”- डाक्टर बुढाले भने- “अहिले यससम्बन्धी चिकित्सक नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ ।”

महिलाहरूलाई शल्यक्रिया गर्नुपरेमा छिमेकी जिल्लाहरूमा रेफर गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख बुढाले बताए । यसअघि जिल्ला अस्पतालबाटै सेवा लिँदै आएका सेवाग्राहीलाई शल्यक्रिया सेवा प्रभावित हुँदा निकै समस्या हुने गरेको उनको भनाइ छ ।

“पहिले हामीले यसै अस्पतालबाट शल्यक्रिया सेवा दिने गरेका थियौँ तर अहिले चिकित्सकको अभावमा सेवा दिन सकेका छैनौँ ।”- उनले भने- “यहाँ आएका बिरामीलाई अन्य स्थानमा रेफर गर्नुपर्दा बिरामीले दुःख पाउने गरेको देख्दा दुःखी भएको छु ।”

जिल्लाका विभिन्न ठाउँहरूमा रहेका स्वास्थ्य संस्थाहरूले शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई जिल्ला अस्पतालमा पठाउँछन् । तैपनि जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा महँगो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएका छन् ।

‘पहिले जिल्ला अस्पतालमा शल्यक्रिया गर्ने डाक्टर हुँदा बिरामीहरूले सजिलैसँग उपचार सेवा पाउँदै आएका थिए । चिकित्सक नहुँदा समस्या भएको छ, हामीले यहाँका बिरामीलाई दाङमा रिफर गर्दै आएका छौँ’, प्रमुख बुढा मगरले बताए ।

सम्बन्धीत समाचार

सल्यानमा बालक मृत्युको आन्दोलन : डाक्टरले गल्ती स्वीकार गरे, पीडितले एक लाख पाउदा कुरा मिल्यो

सल्यानमा डाक्टरको लापरबाहीले एक बालकको ज्यान गयो, अस्पतालमा तनावग्रस्त (भिडियाे सहित)

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार