• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको एक वडाले जेष्ठ नागरिकलाई सम्मान गर्याे


लेकाली अनलाइन
मंसिर १, सल्यान ।
सल्यानको शारदा नगरपालीका वडा नम्बर ३ ले वडा भित्रका जेष्ठ नागरिकहरलाई सम्मान गरेको छ ।

३ नम्बर वडाको कार्यक्रम अनुसार आज शनिबार सदरमुकाम खलंगामा वडा भित्रका ७० बर्ष नाघेका महिला पुरुषहरु गरी ७० जनालाई सम्मान गरेको हो । उनिहरुलाई बलाङकेट, हर्लिस दिएर सम्मान गरेको वडा अध्यक्ष टोप बहादुर थापाले बताए । उनका अनुसार चिसोमा न्यानो होस भनेर सम्मान स्वरुप बलाङकेट प्रदान गरिएको बताए ।

शारदा नगरपालीकाको ३ नम्बर वडाले मात्र यो कामर्यक्रम गरेको उनले बताए । उनले भने– “यो यस्तो सम्मान कार्यक्रले जेष्ठ नागरीकहरुको मनोबल बढने छ, उनिहरुमा साहस बढने छ ।” त्यसैले वडाका ७० बर्ष नाघेका सबै जेष्ठ नागरीहलाई सम्मान गरिएको बताए ।

सम्मान कार्यक्रममा सम्मानित जेष्ठ नागरीहरुले स्थानीय सरकाले आफुहरुलाई आमा बुवाको भुमिका निभाएको बताएका थिए । उनिहरु खुसि हुदै यस्ताखाले सम्मान कार्यक्रमले समाजमा बृद्ध बृद्धालाई हेर्ने दृष्टिकोण पनि सकारात्मक हुने बताएका थिए ।

वडा अध्यक्ष टोप बहादुर थापाको सभ अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा शारदा नगरपाका प्रमुख सुरेश अधिकारी, लेखा परिक्षक चन्द्र शर्मा , एमएम एकेडेमी सन्चालक महेश देबकोटा, प्रीन्सिपल पुर्ण बहादुर बस्नेत लगाएतकाे सभहागीता रहेकाे थियाे । वडा सदस्य सुर्य भन्डारीको स्वागत मन्त्ब्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन वडा सदस्य इन्दिरा श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार