• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

इन्द्रावती नदिमा वडा अध्यक्षको डुबेर मृत्यु


मंसिर १, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोककाे इन्द्रावती गाउपालिका ८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठको शव इन्द्रावती नदिमा डुबेको अवस्थामा भेटिएको छ ।

वोर्ड गाउको होष्टे दोवानस्थित ५० मिटर माथि खोलाको माझमा लास देखिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । उनका अनुसार विहान ३ बजे घरबाट निस्केका वडा अध्यक्ष श्रेष्ठको खोजि कार्य परीवारले गरीरहेका थिए । खोप्टिएको अवस्थामा नदिको बिच भागमा शव देखिएपछि प्रहरीलाई खबर पुगेको थियो ।

हुलियाको आधारमा वडा अध्यक्षकै शव भएको सुरुबाटै प्रत्यक्षदर्शिले अनुमान गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी विमल राज कँडेलका अनुसार उनले हाम्फालेको या डुबेको अनुसन्धान पछि मात्र थाहा हुने छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार