• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

जुम्लाका किसानहरु व्यावसायिक खरायो पालनतर्फ आकर्षित


गोल्डेन बुढा
मंसिर १, जुम्ला ।
जुम्लाको चन्दननाथ नगरपालीकामा रहेको रोकायावाडा किसानहरु व्यावसायिक खरायो पालनतर्फ आकर्षित भएका छन् ।

भेडाबाख्रा पाल्नुभन्दा सजिलो, छोटो समयमा मनग्ये फाइदा र बजारको राम्रो सम्भावना भएकोले उनीहरु खरायो पालन तर्फ आकर्षित भएका हुन् । खरायोपालन रोकायावाडामा व्यवसायकै रुपमा विकसित हुँदै गएको छ ।

अधिकांश घरधुरीमा खरायो पालिएको छ । पहिले थोरै सँख्यामा खरायो पाल्ने किसानले पनि अहिले व्यबसायिक रुप दिँदै आएका छन् । एउटा घरमा ५ देखि २० वटासम्म खरायो पालिएका छन् ।

मासुका लागि तथा उनका लागि पालिएका खरायोको बिक्री गर्न सजिलो भएपछि आकर्षण बढेको चन्दननाथ नगरपालीकामा वडा नम्बर ८ रोकायावाडाका खरायो पाल्दै आउनु भएका किसान विष्णु बहादुर रोकायाले बताए । आफूसँग २५ वटा माउ खरायो र २० वटा भाले खरायोहरु र १५ वटा बच्चा गरी जमा अँगुरा जातका ६० वटा खरायोहरु रहेको बताउँदै उहाँले एउटा खरायोबाट एक वर्षमा कम्तिमा ३ लाख रुपैंयाँ आम्दानी हुने बताए ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार