• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

विप्लव नेतृत्वकाे ‘जनअदालत’मा ३ महिनामा १ हजार मुद्दा दर्ता


मंसिर २, काठमाडौं ।
विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ । सो पार्टीको न्याय विभागमा २०७५ साउन देखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगाएत रहेका छन् । तीमध्ये ८ सय मुद्दा टुङ्ग्याई सकिएको उक्त पार्टीले जनाएको छ।

अाजकाे नेपास समाचार पत्रमा खबर छ- उक्त पार्टीका विद्यार्थी नेता मदन केसीले सरकार मातहत रहेका अदालतले टुङग्याउन नसकेका मुद्दाहरु टुङ्ग्याउन थालेकाले ‘जनअदालत’ प्रति आकर्षण बढेको दावी गरे । उनले भने-“जनअदालतमा घरायसी झग्डा, भ्रष्टाचार, ठगी, लेनदेन जस्ता मुद्दा दर्ता छन् । हामीले सजिलै ती मुद्दाहरुको अध्ययन गरेर जनताको काम गरिरहेका छौं ।” जनअदालतहरु सवै स्थानीय तहमा गठन गरिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका १८ का रमेश राणाको जग्गा वैङकमा धितो छ । रमेशले आफन्तीलाई जग्गा राख्न दिएपछि आफन्तीले बैङकमा जग्गाधितो राखेर ऋण खाए । तर धितो फुकेन । फलस्वरुप जग्गा पाउँन भन्दै निवेदन लिएर नेकपाको जनसरकार कहाँ धाए । नेकपाका नेता नविन वलीले रमेशलाई भने– ‘नआत्तिनुस तपाईको समस्या समाधान गर्छाै । ’

केन्द्रिय जनअदालत अन्तर्गतको जनसरकार प्रमुख सन्तोष बुढामगर र न्याय विभाग प्रमुखका रुपमा आदर्श रहेका छन । वडाध्यक्षदेखि प्रहरी उच्चनिकायका प्रमुख लगागतका विरुद्ध समेत देशैभरबाट यस्ता मुद्दा दर्ता भएका छन् ।

विप्लवका नेता नविन वलीले भने–”कुनै व्यक्तिले उजुरी दिनुप¥यो भने हाम्रो न्याय विभाग छ । न्याय विभाग सम्बोधन गरेर प्रत्येक स्थानीय तहमा गठित जनसरकारमा उजुरी दिन सकिन्छ, हाम्रो काम भनेकै जनस्तरमा रहेर जनताको काममा तल्ली नहुने हो ।”

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार