• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

लेकाली अनलाइनले सल्यानमा यातायातकाे दादागिरी लेखेकाे भाेलिपल्टै गाडी थप गरियाे


मंसिर २, काठमाडौँ ।

दाङबाट सल्यान हुँदै पश्चिम रोल्पाका लागि चल्ने रोडमा यातायात व्यबसायी समितिले केही स्थानमा थप गाडी चलाउन थालेका छन् ।

सल्यानमा यातायात व्यवसायीको दादागिरी, यात्रुहरु बिचल्लीमा शिर्षककाे समाचार लेकाली अनलाइनले प्रकाशित गरेपछि सल्यान रुकुम यातायात व्यवसायी समितिले रोल्पा र सल्यान सिमानामा पर्ने झ्यामका लागी थप गाडी संचालनमा ल्याएको हो । कार्तिक २८ गते लेकाली अनलाइनले उक्त समाचार सार्वजनिक गरेपछि त्यसकाे भाेलिपल्ट कार्तिक २९ गते नै सल्यान श्रीनगरबाट दमाचौरका लागि छुट्ने गाडीलाई रोल्पा र सल्यानको सिमाना झ्याम डाँडासम्म पठाइएको सल्यान रुकुम यातायात व्यबसायी समितीका महासचिव अर्विन्द कुमार राईले जानकारी दिए ।

यात्रुहरुको समस्यालाई ध्यानमा राखेर याे सेवा दिएकाे उनले दाबी गरेका छन् । सल्यान श्रीनगरबाट छुट्ने गाडी रोल्पा र सल्यानको सिमाना झ्याम डाँडामा आउन थालेपछि यात्रुलाई केहि सहज भएको सल्यान रुकुम यातायात व्यवसायी समिति झ्याम डाँडा काउन्टरका कर्मचारी टेकम चन्दले जानकारी दिएका छन् ।

चन्दले भने- “श्रीनगरबाट मात्र गाडी आएर यात्रुलाई सहज हुँदैन, सिधै दाङबाट दुईओटा गाडी रोल्पाको सुखाओडार लगाउनुपर्छ, अनि मात्र यात्रुलाई भनेजस्तो सुबिधा दिन सकिन्छ”।

तर यात्रुहरुलार्इ समस्या झ्याममा मात्रे नभएर जिल्लाकाे अन्य ठाउँमा पनि थुप्रै देखिएका छन् ।रोल्पाको पाखापानीबाट सल्यानको पातिहाल्न, कोटमौला, बागचौर हुँदै दाङ जाने रुडमा पनि धेरै समस्या यात्रुहरुले झेल्ने गरेका छन् । पाखापानीबाटै गाडी प्याक भएर अाएपछि बिचका यात्रुहरुले यात्राबाट बन्चित भएकाे अाझैपनि गुनासाे गरेका छन् ।

यस्तै समस्या बाफुखोलाबाट कोटबारा, खरिबोट हुँदै दाङ जाने गाडीमा त्यस्तै समस्या छ । रुकुमबाट सल्यान हुँदै दाङ जाने गाडीमा देखिएको छ । रुकुमबाटै गाडी फुल भएर आउने बिच बाटोमा गाडी नरोक्दा बिच बाटोका यात्रुहरु थप समस्या र बिचल्लीमा पर्ने गरेका छन् ।

दाङबाट सिधै झ्याम डाँडाको लागि अर्को गाडी गुडाउनुपर्छ: स्थानीय
रोल्पा र सल्यानको सिमाना झ्याम डाँडाका स्थानीय र ब्यापारीहरुले दाङबाट सिधै झ्याम डाँडासम्म अर्को गाडी गुडाउन माग गर्दै ३ वटा समितिलाई निबेदन दिएका छन् ।

एउटा गाडीमा दुई गाडी यात्रु यात्रा गर्न जोखिमपूर्ण भएकाले सल्यान रुकुम यातायात ब्यवसायी समिति, नमस्ते राप्ती यातायात प्रा.लि, राप्ती सार्बजनिक यातायात ब्यवसायी समितिलाई थप गाडीको माग गर्दै स्थानीय र ब्यापारीहरुले निबेदन दिएको स्थानीय खिमलाल ओलीले जानकारी दिए ।

रोल्पाको सुखाओडारबाट दाङका लागि छुट्ने गाडी झ्याम डाँडासम्म आउदा पुरै भरिएर आउने भएकाले झ्याम डाँडामा भएका यात्रुहरु गाडीमा उभिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयको भनाइ छ ।

उता दाङ-सल्यान-बागचौरबाट पातिहाल्न हुँदै लोद्चौरको लागि भने अझैसम्म एउटै गाडी मात्र संचालनमा आएकाले यात्रुलाई यात्रा गर्न असहज भएको स्थानीय प्रेम वलीले जानकारी दिए ।

यता पनि दाङबाट सिधै पाथीहल्ना स्कुलसम्म थप गाडीको आवस्यकता रहेको स्थानीयको भनाइ छ । लोदचौरबाटै गाडी भरिएर आउने भएकाले बिच बाटोमा यात्रुहरुलाई नचढाउने र चढाएपनि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

समितिले श्रीनगरबाट दमाचौर छुट्ने गाडीलाई रोल्पा र सल्यानको सिमाना झ्याम डाँडासम्मका लागि पठाए पनि अरु रुटमा भने नपठाएको स्थानीयको गुनासो छ ।

राप्ती सार्बजनिक यातायात ब्यवसायी समिति, सल्यान रुकुम यातायात ब्यवसायी समिति, शारदा यातायात प्रा.लि, सिस्ने हिमाल यातायात ब्यवसायि समिती, नमस्ते राप्ती यातायात प्रा.लि लगायतका यातायात व्यबसायीहरुले सल्यान, दाङ, रुकुम, जाजरकोट र पश्चिम रोल्पा चल्ने रोडमा केहि दिनअघि क्यु मिलान गरि गाडी संचालन गर्ने सहमती गरेपछि यात्रुहरु बिचल्लीमा पर्ने गरेका छन्

याे पनि पढ्नुहाेस् 

सल्यानमा यातायात व्यवसायीको दादागिरी, यात्रुहरु बिचल्लीमा

http://www.lekalionline.com/archives/14208

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार