• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

पत्रकार महासंघ सल्यानकाे २४ अाैँ स्थापना दिवस प्रेस युनियनद्धारा बहिस्कार


लेकाली अनलाइन
मंसिर ४, सल्यान

नेपाल पत्रकार महासंघ सल्यानकाे २४ अाैँ स्थापना दिवसलार्इ प्रेस युनियन सल्यानले बहिस्कार गर्ने बताएकाे गरेकाे छ ।

२०५२ मंसिर ४ गते नेपाल पत्रकार महासंघकाे स्थापना भएकाे र त्यहि मिती अनुसार २४ अाैँ स्थापना दिवस मनाउन लाग्दा प्रसे युनियनले उक्त मिती गलत भएकाे भन्दै कार्यक्रम बहिस्कार गर्ने युनियनका अध्यक्ष रेशम डिसीले लेकाली अनलाइनलार्इ बताए । उनले नेपाल पत्रकार महासंघकाे स्थापना २०६४ मंसिर २१ गते भएकाे दावी गरेका छन् ।

२०६४ मंसिर २१ गते शाखा स्थापनाकाे लागी केन्द्रबाट अनुमती पाएकाेले त्यही मितीलार्इ अाधार मानेर स्थापना दिवस मनाउनुपर्ने उनले बताए । २०६४ मंसिर २१ गते केन्द्रबाट स्वीकृती प्राप्त गरेर माघ २१ गते सल्यानमा पत्रकार महासंघकाे प्रथम अधिवेशन सम्पन्न गरेर अध्यक्षमा स्वर्गीय उत्तम हमाल चयन भएकाे प्रेस युनियनले जनाएकाे छ ।

यता नेपाल पत्रकार महासंघ सल्यानका वर्तमान जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले नेपाल पत्रकार महासंघले केन्द्रबाट २०६४ मंसिर २१ गते शाखा स्थापनाकाे लागी स्वीकृर्ती पाएकाे र पहिलाे अधिबेशनमा उत्तम हमाल नै चयन भएकाे सत्य र त्यसमा कुनै दुर्इमत नभएकाे बताएका छन् ।  तर उनले केन्द्रबाट बैधानीक पाउनु भन्दा अगाडीनै २०५२ मंसिर ४ गते हरिशरण आचार्यको संयोजत्वमा जिल्लामा पहिलो पटक जिल्ला शाखा स्थापना भएकाे बताए।

खाेजअनुसन्धान गर्दा ५२ साल मंसिर ४ गते मा नै सबैभन्दा पहिले स्थापना भएकाले त्यसैलार्इ अाधार मानेर २४ अाैँ स्थापना दिवस मनाउनुपर्ने उनले बताए । यसअघि महासंघकाे बैठकमा खाेजअनुसन्धानकाे क्रममा भेटिएकाे ५२ सालकाे कुरालार्इ बैठकमा प्रस्तुत गर्दा प्रेस युनियनले पनि सहमती जनाएकाे र काम कारबाही अगाडी बढाएकाे उनले बताए ।

यसअघि महासंघले गरेकाे निर्णय अनुसार नै अघि बढ्ने भन्दै उनले कार्यक्रमकाे अन्तिम समयमा अाएर बिबाद नगर्न प्रेस युनियनलार्इ अाग्रह गरेका छन् ।

स्थापना दिवसको अवसरमा सम्मान

यसैबिच सल्यान शाखाको २४ औँ स्थापना दिवसको अवसर पारेर आज जिल्लाशाखा स्थापना हुँदाका पदाधिकारी र सदस्यलाई सम्मान गर्न लागेको महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माले जानकारी दिए । जिल्ला शाखाका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिने उनले बताए ।

यस्तै, हालसम्म जिल्ला अस्पतालमा सबैभन्दा बढि पटक रक्तदान गर्ने व्यक्तिलाई पनि सम्मान गरिने शाखाले जनाएको छ । महासंघले बिहान ११ बजे महासंघको हलमा कार्यक्रम गर्दैछ । स्थापना दिवसको पूर्वसन्ध्यामा हिजो जिल्लाअस्पताल सल्यान परिसरमा सरसफाइ गरिएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार