• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे एक गाउँमा शहरी स्वास्थ्य क्लिनिक स्थापना


लेकाली अनलाइन
मंसिर ४, सल्यान

सल्यानकाे एउटा गाउँमा शहरी स्वास्थ्य क्लिनिकको स्थापना गरिएको छ।

जिल्लाकाे शारदा नगरपालिका ४ स्थित सुनटाकुरामा शहरी स्वास्थ्य क्लिनिकको स्थापना गरिएको हाे। आधारभुत स्वास्थ्य सेवाको पहुच वाट टाढा रहेका नगरवासी लाई घर आगनमै सेवा दिने नगरको उधेस्य अनुसार सुनटाकुरामा क्लिनिकको स्थापना गरिएको बताइएकाे छ ।

सुनटाकुरामा स्थापना गरिएको क्लिनिकले शानपा ४ र ६ का अधिकांस विरामीहरुलाइ सेवा पुर्याउनेछ समेत बताइएकाे छ । साेमबार स्थापना गरिएको क्लिनिक सहित शारदा नगरपालिकाले करिव आधा दर्जन दुर्गम गाउँहरुमा क्लिनिकको स्थापना गरिसकेको नगरप्रमुख सुरेश अधिकारीले बताए ।

सुनटाकुरामा स्थापना भएकाे स्वास्थ्य सेवा क्लिनिकको उद्घाटन शानपा प्रमुख सुरेश अधिकारिले गरेका हुन् । कार्यक्रममा शानपा उपप्रमुख सावित्रा वस्नेत, वडा नम्बर ४,५ र ८ का वडा अध्यक्षहरु सहित कार्यकारी प्रमुख कृश्न बहादुर शाही समेत उपस्थित थिए।

शारदा नगरपालिकाले आधारभुत स्वास्थय सेवा नपुगेका सवै गाउँहरुमा क्रमश शहरी स्वासथ्य क्लिनिक स्थापना गर्ने नीति लिएको छ।

प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार