• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा ट्याक्टरबाट खस्दा एक महिला गम्भीर घाइते


इन्द्र बुुुढाथोकी
मंसिर ४, सल्यान ।

सल्यानमा ट्याक्टरबाट खसेर एक महिला गम्भीर घाइते भएकी छन् ।

जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका १ अम्रा नजिकै मंगलबार साझ ७ बजेतिर लु २ त १०८० नम्बरको ट्याक्टरमा धान र पराल लिएर घर जाँदै गरेकि सोही ठाउँकि अन्दाजी वर्ष ४४ कि हर्कली वुढा खसेर गम्भीर घाइते भएकि हुन । वुढाकाे सल्लिवजारमा रहेकाे जनवन्धु पाेलिक्लिनिमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ ।

उनकाे अवस्था भने गम्भीर रहेकाे जनाएको छ । ट्याक्टर चालक प्रकाश राना भने फरार भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार