• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे एक विद्यालयमा निशुल्क खाजाकाे व्यवस्था भएपछि विद्यार्थीकाे लर्काे


हिमाल यात्र
मसिंर ४, सल्यान ।

सल्यानकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल रास्ट्रीय मावि फालाबाङमा त्रिवेणी गाउँपालिकाले विद्यार्थीका लागि निशुल्क खाजा बितरण गर्दा विद्यालयमा आउने विद्यार्थी बढ्दै गएका छन् ।

विद्यालयका शिक्षक यगराज खड्काका अनुसार त्रिवेणी गाउँपालिकाको सहयोग र ४ नम्बर वडा कार्यालयको सहजीकरणमा शिशु कक्षा देखी पाँच कक्षा सम्मका विद्यार्थीका लागि प्रति विद्याथी रु १५ बराबरको दैनिक खाजा निशुल्क उपलब्ध भैरहेको छ । त्यहि खाजाको कारण विद्यालयमा पहिलेभन्दा अहिले विद्यार्थी नियमित आउँनेको सङ्ख्या बढेको शिक्षक खड्काको भनाई रहेको छ ।

विद्यालयले अहिले कक्षा ८ र ९ का विद्यार्थीका लागि विहान ७ बजेदेखे साढे नौ बजेसम्मको थप समयमा पनि अतिरिक्त कक्षा संचालन गरिरहेको छ । त्यस्तै १० कक्षाका विद्यार्थीका लागि १०० मै खाना र १०० पढाई शुल्क लिएर बोडसको ब्यवस्था गर्दा विद्यार्थीले सहज तरिकाले पढीरहेको खड्काले बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार