• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

शान्ति श्री परियारले ल्याइन् रबि लामीछानेको बारेमा यस्तो गीत (भिडियो सहित)


मंसिर ६, काठमाडाैं।

नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत संगीत ल्याउदै आएको पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गणेश शर्माको अब हामी जुटने गीतको भिडियो बजारमा आएको छ ।

अन्याय र अत्याचारका विरुद्धमा पत्रकारिता मार्फत आवाज उठाउदै आएका पत्रकार रवि लामिछानेको बारेमा गीत तयार गरिएको छ । गीतमा सन्देश मुलक कामका लागी खवरदारी र सदाचारिताका लागी पहल गर्ने रवि लामिछानेलाई सपोट गर्ने कुरा गरिएको छ ।

गीतमा गणेश शर्माको शब्द तथा संगीत रहेको छ । कृष्ण श्रेष्ठको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”अब हामी जुटने ” गीतमा साया भण्डारी र खेम बहादुर कवरको अभिनय रहेको छ ।

हेर्नुहाेस् भिडियाे 

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार