• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

बाटोमा दिसा गरेकाे भन्दै महाेत्तरीबाट ६ जना पक्राउ


मंसिर ६, गौशाला ।

प्रहरीले आज बिहान बाटोमा दिशा गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्न बसेका छ पुरुषलाई पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

पक्राऊ परेका व्यक्तिबाट जनही रु ५०० का दरले जरिवाना लिएर छाडिने उक्त कार्यालययले जनाएको छ । प्रत्येक वर्ष उक्त जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार