• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानबाट सबैभन्दा धेरै कर बुझाएकाे भन्दै ग्रामिण बचत तथा ऋण सहकारी संस्था सम्मानित


लेकाली अनलाइन
मंसिर ६, सल्यान ।

सल्यानबाट सबैभन्दा धेरै कर बुझाएकाे भन्दै शारदा नगरपालिका वडा नम्बर २ खलंगामा रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ ।

कर सप्ताहको अबशरमा उत्कृष्ट करदाताको रुपमा ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सल्यान सम्मानित भएको हो । कर कार्यालय दाङले बुधवार सल्यानको श्रीनगरमा कर सप्ताहको अबसरमा आयोजना गरेको कार्यक्रममा आर्थिक बर्ष २०७४/०७५ मा सल्यान जिल्लाभरी बाट सबैभन्दा धेरै कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो ।

यस सहकारीले एक बर्षमा ९ लाख ६३ हजार ९ सय ७३ रुपैँया कर बुझाएको सहकारीका अध्यक्ष केशवसिंह श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार