• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

मंसिर ८ को जनसभामा सल्यानबाट १० ओटा गाडी जाँदै


लेकाली अनलाइन
मंसिर ६, सल्यान ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते अर्थात सनिबार गर्न लागेको जनसभामा सल्यानबाट सहभागी हुने तयारी अन्तीम चरणमा पुगेको बताइएको छ ।

पार्टीको पाचौँ स्थापना दिवसको अवसरमा हुने जनसभामा देशभरीबाट लाखौँको सहभागी हुने बताइरहदा सल्यानबाट पनि १० ओटा गाडी जाने नेकपाका जिल्ला सेक्रेटरी लोक्पाल केसीले लेकाली अनलाइनलाई जानकारी दिए । जनसभामा सल्यानबाट पनि सयौँको सहभागी हुने भन्दै उनले पार्टी कार्यकर्ता, बुद्धिजिवी, कर्मचारी, नागरिक समाज, पत्रकार लगाएतलाई कार्यक्रममा जान आग्रह गरेका छन् ।

साथै जनसभा कार्यक्रमको लागी आर्थिक सहयोग गर्ने सबैलाई सेक्रेटरी केसीले धन्यवाद समेत दिएका छन् ।

काठमाण्डौँको खुल्लामन्चमा हुने जनसभा कार्यक्रममा पार्टीको आगामी योजना र बार्ता लगायत समसामयिक राजनीतिको बारेमा पार्टीको धारणा सार्वजनीक गर्ने बताइएको छ । जनसभालाई पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको यसअघि नै बताइएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार