• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

आगलागिमा परि रोल्पामा एक बालकको मृत्यु


मंसिर ६, राेल्पा ।

आगलागिमा परि रोल्पामा एक बालकको ज्यान गएको छ ।

जिल्लाकाे रुन्टिगढी गाउपालिका वडा नम्बर ४ मसिना स्थित भीमराज पुनको घरमा मंगलवार सांझ आगलागी हुदा ३ बर्षिय बालक विशाल पुनको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घरका सबै सदस्यहरु देवाली पुज्न गएको अबस्थामा घरमा ६, ४ र ३ बर्षिय बालबालिका रहेको र तिनै बालबालिकाले घरमा आगजनी गरेको हुन सक्ने अनुमान गरिएको छ ।

घरमा आगलागी भए लगत्तै ६ र ४ बर्षिया बालकहरु भागेर ज्यान जोगाएको र ३ बर्षिय बिशाल पुन भाग्न नसक्दा जलेर ज्यान गएको जनाइएको छ । आगलागिबाट घरमा रहेका सरसामान सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसै बीच रुन्टिगढी गाउपालिका अध्यक्ष बालाराम बुढा सहितको टोलीले रु ५० हजार मध्ये रु २० हजार रुपैयाँ राहत रकम पिडित परीवारलाई उपलब्ध गराएको छ । बाँकी राहत रकम छिट्टै उपलब्ध गराउने बुढाले प्रतिबद्धता जनाएका छन ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार