सल्यानको एउटा नगरपालिकाको लाजमर्दो स्थिति, आधा बर्ष पुग्दा पनि नगरसभा बस्न सकेन्


लेकाली अनलाइन
मंसिर १०, सल्यान ।
सल्यानको एउटा नगरपालिकाको लाजमर्दो स्थिति भएको छ । असार मसान्तसम्म नगरसभा बस्नुपर्ने भएपनि अहिले सम्म नगरसभा बस्न सकेको छैन् ।

जिल्लाको पश्चिम क्षेत्रमा रहेको बन्गाड कुपिण्डे नगरपालीकाकामा आधा बर्ष पुग्न लाग्दा नगरसभा बस्न सकेको छैन् । नगरका जनप्रतिनिधीहरुको आपसी स्वार्थका कारण नगर सभा वस्न नसक्दा नगरको सम्पुर्ण विकासे कामकाज लथालिङग भएका छन् भने नगरपालिका भित्रका सम्पुर्ण कर्मचारीले तलब खान पाएका छैनन् ।

सामुदायीक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले तलव खान नपाए पछि अहिले आन्दोलनमा उत्रेका छन् । पटक पटक नगरपालीकामा ज्ञापन पत्र र ध्यानाकर्षण पत्र वुझाए पनि नगर कार्यापालीकाले कुनै वास्ता नदेखाए पछि नगरका सम्पुर्ण शिक्षक कर्मचारी आक्रोशित हुँदै आन्दोलीत बनेका छन् ।

दशै तिहार जस्तो पर्वमा समेत जनप्रतिनीधी संवेदनशिल नभई नगर सभा नहुदाँ शिक्षक कर्मचारीको तलव निकासा हुन सकिरहेको छैन् । नगर सभा नहुदाँ समाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारीको तलव, सुत्केरी भत्ता समेत निकासा हुन सकिरहेको छैन् ।

तलव खान नपाए पछि शिक्षक कर्मचारीहरुले मंसिर ११ र १२ गते कालो पट्टि वाँधेर काम गर्ने, १३ र १४ गते पेन डाउन र १६ गते देखि नगरका सम्पुर्ण सामुदायीक विद्यालयहरु अनिश्चित कालका लागि वन्द गर्ने चेतावनी दिएका छन् ।

शिक्षक महासंघ र वन्गाड कुपिण्डे नगरका विभिन्न शिक्षक संगठनहरुको मंसिर ९गते वसेको वैठकले उक्त निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार