दुर्गा विसी
मंसिर १०, सल्यान ।
सल्यानको बनगाड कुपिण्डेमा नगर सभाको ढिलाईले नगरको सम्पुर्ण कामकाज अस्तव्यस्त भएको भन्दै नेपाली काँग्रेस बनगाडले विरोध र्याली निकालेको छ ।
जनप्रतिनिधीहरुको आपसी स्वार्थका कारण नगरका शिक्षक, कर्मचारी, समाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता लगाएत नगरको विकासे कामकाज पुर्ण रुपमा ठप्प रहेको भन्दै नेपाली काँग्रेस पार्टीले विरोध जनाएको हाे । विरोध जुलुस सल्लीवजार, गैलीवजार, थाप्लीवजार, देवस्थल, बनगाड कुपिण्डे नगरपालीका हुदै पुन सल्लीवजारको प्रतिक्षालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
काेण सभामा वोल्दै नेपाली काँग्रेसका जिल्ला कार्यसमिती सदस्य दिपेन्द्र विष्टले बनगाडका जनप्रतिलाई भष्ट्रचारीको आरोप लगाएका छन् । नगरका जनप्रतिनिधीहरु योजनाको रकम प्रतिशतका हिसावले मोटो रकम खाने र तेहि खाने मेलोमेसो मिलाउनका लागि लफडा मचाएर नगरलाई असफलता तिर धकेलेको उनकाे आरोप छ ।
नगरमा व्याप्त कालोवजारी, महँगी र चर्को कर बनाइनुका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत लगाएतका काम शुन्य गतिमा रहेको काँग्रेसले बताएकाे । गत वर्षको वजेटमा जनप्रतिनीधीले आधा रकम भष्ट्रचार गरेको नेपाली काँग्रेसको ठहर छ ।
साथै कोण सभामा वोल्ने वक्ताहरुले नगरमा व्याप्त महँगी,कालोवजारी, भष्ट्रचारीलाई नियन्त्रण गर्न माग गरेका छन् । नेपाली काँग्रेस जिल्ला उप सभापति निम वहादुर वलीले जति सक्यो चाँडो नगर सभा सम्पन्न गराई शिक्षक कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्ता जस्तो संवेदनशिल कुरामा जनप्रतिनिधी ज्युहरु गम्भीर वन्न आग्रह गरे । वजेटलाई जनप्रतिनिधी मुखि भन्दा जनता मुखि वनाउन समेत नेता वलीले आग्रह गरेका छन् ।
र्यालीमा उपस्थित नेपाली काँग्रेस सम्मर्थित स्थानीयले हाल सम्म पनि नगर सभा वनाउन नसकेको भन्दै बन्गाड कुपिण्डे नगरपालीकाका जन प्रतिनिधीलाई नालायकता पना भनेर राजीनामा माग समेत गरेका छन् । बन्गाड कुपिण्डेका जनप्रतिनीधी भष्ट्रचारमा लिप्त भएको र जनताका कामकाजलाई व्यवास्ता देखाएको कोण सभामा वोल्ने वक्ताहरुले धारण राखेका थिए ।
भिडियाे हेर्नुहाेस्
इन्द्र बुढाथाेकी
सम्बन्धीत समाचार
सल्यान बन्गाढ कुपिण्डेका जनप्रतिनिधी भष्ट्रचारी भएको भन्दै राजिनामाकाे माग (भिडियाे सहित)
सल्यानको बन्गाढ कुपिण्डेमा मेयर र उपमेयरको विवाद हुँदा कर्मचारी तलब खानबाट बन्चित
सल्यानकाे बनगाड कुपिण्डेमा No नगरसभा, तलब र भत्ताकाे माग गर्दै ज्ञापन पत्र