• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

१३ सदस्यीय समिती सहित प्याब्सन सल्यानको अध्यक्षमा भण्डारी चयन


पुष्पा रिजन डिसी
मंसिर ११ सल्यान ।
प्याब्सन सल्यानको अध्यक्षमा जित बहादुर भण्डारी चयन भएका छन् ।

सोमबार श्रीनगरमा भएको प्याब्सन सल्यानको तेस्रो जिल्ला अधिबेशनले १३ सदस्यीय कार्यसमिती सहित अध्यक्षमा भण्डारीलाई चयन गरेको हो । जसको उपाध्यक्षमा भरत कुमार बस्नेत, सचिव खिमराज डिसी, सहसचिव वेल बहादुर ओली, कोषाध्यक्ष कमल ओली र सहकोषाध्यक्ष्मा शारदा बोहरा रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी प्याब्सनका केन्द्रीय उपाध्यक्ष नवराज गुरुङको रहेको थियो । विशिष्ठ अतिथी जिल्ला शिक्षा समन्वय इकाई अधिकारी लिलाधर बपालको रहेको थियो ।

नि वर्तमान जिल्ला अध्यक्ष पुर्ण बहादुर बस्नेतको सभाअध्यक्षता भएको कार्यक्रमको संचालन नि वर्तमान सचिव भरत बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार