• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

केहिदिनमै मेलम्चीको पानी काठमाण्डौँ ल्याइन्छ अनि सडक पखालिन्छ : प्रधानमन्त्री ओली


लेकाली अनलाइन
मंसिर ११, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही दिनमा मेलम्चीको पानी काठमाण्डौँ ल्याउने बताएका छन् ।
मंगलबार सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार काम गर्न व्यस्त रहेको समेत बताएका छन् । उनले सरकार कहाँ छ भन्नेहरुलाई मेलम्चीको पानी ल्याएर जवाफ दिने बताएका छन् ।

उनले भने– “बाटोमा धुलो उड्न कम भएको छ, जवाफ पाउनुपर्ने हो, काठमाडौंमा सडक बढारिन्छ, पखालिन्छ, अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ ? कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।”

कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको भन्दै उनले अहिलेको सरकार जुम्रा मार्न नबनेको बताएका छन् । जता फर्कियो त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

उनले भने– “सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचना भएको छ । यो तामझाम मैले देखिनँ भन्नेहरुलाई देखाउन हो ।” उनले अबका कार्यक्रमहरुमा बाजा समेत बजाइने बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार