• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

प्रचण्डको समाचार लेखेकाे भन्दै पत्रकार गाेपाल चन्द पक्राउ


मंसिर ११, काठमाडौं ।

पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई महानगरीय अपराध शाखाको प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डको बिषयमा समाचार प्रकाशित गरेपछि उनलाई प्रहरीले गिरफ्तार गरेको हो ।

यस अघि मङ्सिर ६ गते पोष्टपाटीमा ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको भन्दै कार्यकर्ताद्वारा प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेपछि प्रहरीले निगरानी बढाएको थियो ।

साइबर क्राइम बिषयलाई लिएर अनुसन्धानका लागि महानगरीय अपराध शाखा अन्तर्गत टेकुमा रहेको सीआइबि प्रहरीले गिरफ्तार गरेको बुझिएको छ । उनलाई नेपालटार बाट सीआइबि प्रहरीले प्रकाउ गरि टेकु पुराएको छ ।

अहिले पत्रकार गोपाल चन्दलाई टेकु स्थित महानगरीय अपराध शाखामा राखिएको छ । पोष्टपाटीमा प्रकासित समाचार मिरमिरे अनलाइनबाट साभार गरिएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार