• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

पत्रकार गोपाल चन्दलाई तत्काल रिहा गर्न विप्लवको पत्रकार संगठनको माग


लेकाली अनलाइन
मंसिर ११, काठमाण्डौँ ।
समाचार लेखेकै कारण पत्रकार गोपाल चन्दलाई पक्राउ गरेपछि विप्लव निकटको क्रान्तिकारी पत्रकार संगठन नेपाल कडा आपत्ती जनाएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डको बिषयमा पोष्टपाटीका सम्पादक चन्दले आफ्नो अनलाइनमा समाचार प्रकाशित गरेको भन्दै आज प्रहरीले गिरफ्तार गरपछि उक्त संगठनले एक विज्ञप्ती जारी गरि आपत्ती जनाएको हो । समाचार लेखेकै कारणले पत्रकारलाई गिरफ्तार गर्नुले प्रेस जगतको घाटीँ निमोठिएको विज्ञप्तीमार्फत भनिएको छ ।

संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले निकालेको विज्ञप्तीमा भनिएको छ– “समाचार गलत थियो वा समाचारमा चित्त नबुझेको भए पत्रकारहरुको आचारसंहिता बनाउने जिम्मेवार निकाय प्रेस काउन्सिलबाट उचित उपचार खोज्न सकिन्थ्यो । तर प्रहरीले जबरजस्त हस्तक्षेप गरी गिरफ्तार गर्नुले प्रेस काउन्सिलको समेत अपमान भएको छ । एउटा श्रमजीवि पत्रकारले जनतालाई सुसुचित गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दागर्दै कार्यस्थलबाटै गिरफ्तार गरिनु पत्रकारहरुको पेशागत मर्यादा माथिको हस्तक्षेप मात्रै होईन पत्रकारिताको स्वतन्त्रताको धज्जी उडाउने काम समेत भएको छ ।”

साथै सो संगठनले गिरफ्तार भएका पत्रकार चन्दको बिनासर्त तत्काल रिहाईको माग समेत गरेको छ ।

हेर्नुहाेस् विज्ञप्ती

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार