• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विप्लव नेकपाका नेता बैठक स्थलबाटै पक्राउ


लेकाली अनलाइन
मंसिर ११, सल्यान ।
सल्यानमा विप्लव नेकपाका एकजना नेता बैठक स्थलबाटै पक्राउ परेका छन् ।

मंगलबार श्रीनगरमा पार्टीको बैठक बसिरहेको बेला जिल्ला सचिवालय सदस्य तथा छत्रेश्वरी गाउँपालिका इन्चार्ज टोप बहादुर खत्री बैठक स्थलबाटै पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले उनलाई पक्राउ गरेको नेकपा सल्यानले जनाएको छ ।

हिजोदेखि नै आफ्नो पार्टीमाथि धरपकट गर्ने सरकारले बैठक स्थलबाटै नेता गिरफ्तार गर्नु अमानविय व्यवहार र आपत्तीजनक भएको नेकपा सल्यान इन्चार्ज विश्वले लेकाली अनलाइनलाई बताए ।

विभिन्न बहाना बनाएर नेताहरुलाई गिरफ्तार नगर्न उनले प्रहरी प्रशासनलाई आग्रह पनि गरेका छन्
जनताका आवाज उठाउदा नेता कर्यकर्ताहरुलाई फसाउन विभिन्न आरोप लगाएर गिरफ्तार गरेको भन्दै उनले नेता खत्रीलाई तत्काल रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले केहिदिन अघि दार्मा गाउँपालिकाको टेन्डर गोलपत्र च्यातिएको अभियोगमा पक्राउ गरिएको बताएका छन् । उनले त्यसबारे अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार