लेकाली अनलाइन
मंसिर १२, काठमाण्डौँ ।
समाचार लेखेको अधारमा पोष्टपार्टी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ ।
प्रचण्डको समाचार लेखेकै कारण मंगलबार महानगरीय प्रहरी टेकुले पत्रकार चन्दलाई पक्राउ गरेको थियो । समाचारको बिषयमा छानविन गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै पत्रकारलाई सिधै प्रहरीले गिरफ्तार गरेकोमा सर्वत्र विरोध भईरहेको बेला नेपाल पत्रकार महासंघले पनि बिरोध गरेको हो ।
बुधबार महासंघका महासचिव रमेश विष्टले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको बताएका छन् ।
प्रहरीबाटै बारम्बार पत्रकार पक्राउ गरिनु र विभिन्न कानुन अन्तर्गत मुद्दा चलाउने कार्यले सञ्चार जगतलाई हतोत्सायी बनाएको भन्दै महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य तत्काल बन्द गर्न र पक्राउ परेका पत्रकार चन्दलाई तत्काल रिहा गर्न माग गरेको छ ।
हेर्नुहोस् विज्ञप्ती
संबन्धित समाचार
पत्रकार गोपाल चन्दलाई तत्काल रिहा गर्न विप्लवको पत्रकार संगठनको माग