• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

‘सल्यानका ३ काँग्रेस नेताको खैराबाङ माईले रक्षा गरुन’- पुर्वमन्त्री थानी


लेकाली अनलाइन
मंसिर १३, सल्यान ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सहकारी तथा गरिबी निबारण मन्त्री हृदयराज थानीले सल्यानका काँग्रेस नेताहरुको खैराबाङ माई भगवतीले रक्षा गरुन भनेका छन् ।

बिहिबार नेपाल प्रेस युनियन सल्यानको पाचौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै पुर्व मन्त्री थानीले काँग्रेस कमजोर नभएको र सल्यानका काँग्रेस नेतालाई खैराबाङ माई भगवतीले रक्षा गर्ने बताएका छन् । उनले भने– “काँग्रेसले सल्यानमा नेता कार्यकर्तालाई मिलाएर लिने हो भने पाँच बर्षमा सल्यानबाट बाम कम्युनिस्ट पार्टी समाप्त हुन्छ, काँग्रेसले ढुक्क सँग जित्छ ।”

उनले नार्म किटाएर अब सल्यानमा काँग्रेसको नेतृत्व गर्ने नेता राजेन्द्र बहादुर शाह, डिल्लीराज रेग्मी र धुर्वराज पुरी रहेको बताए । सधै यी ३ नेताको खैराबाङले रक्षा गरुन भनेर उनले प्राथना पनि गरेका छन् ।

जनताको मनबाट काँग्रेस नहटेको भन्दै उनले काँग्रेसले चाहेमा अहिलेको कम्युनिस्ट सरकारलाई एक हप्तामा गुडा टेकाउन सकिने बताए । ठुलाठुला राण शासन, पंच्यायत शासन र राजा शासन काँग्रेसले फालेको भन्दै उनले अहिलेको कम्युनिस्ट शासनको सरकारलाई पनि फल्ने बताएका छन् ।

उनले आजैबाट कम्युनिस्ट सरकारको दिनगन्ती सुरु भएको उनले बताए । अहिले जनता यो सरकारबाट वाक्क दिक्क भईसकेको भन्दै उनले अबको पाँच बर्षसम्म आफुले सरकारलाई नियालेर हेर्ने र आफ्ना गतिबिधी अगाडी बढाउने बताए ।

यदि सरकार अहिलेकै स्थितिमा गएमा त्यो भन अघिनै सरकार ढल्ने उनको दाबी छ ।

अहिले प्रधानमन्त्री केपी ओलीले उख्खान र टुक्का हाल्न मात्रै जानेको उनको आरोप छ । निर्मला पन्तका हत्यारा पत्ता नलगाउनु, सुनकाण्डमा छुट दिनु र राष्ट्रपतिलाई करोडौँको गाडी किन्दीएर यो सरकार कामै नलागेको उनले बताएका छन् । प्रेस स्वतन्त्रतामाथि निरंकुह लगाउनु र पत्रकारलाई गिरफ्तार गरेर सरकार जनताबाट नांगिएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले समाचार सत्य हो कि असत्य हो भनेर छुट्याउने काम प्रहरी र सरकारको नभएको बताएका छन् । उनले यसको छानवीन गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै सरकारले पत्रकारितामाथि निरंकुश लगाउन खोजेको बताएका छन् ।

उनले जनताका आवाज संचारमाध्याममा ल्याउन खोज्दा सरकार अात्तिएर पत्रकारलाई पक्राउ गर्ने थालेको बताए । जुनसुकै व्यक्ति पनि पुर्ण रुपमा स्वतन्त्रता रहेको भन्द‌ उनले सरकारले यस्तै कार्य अगाडि बढाउन खोजे आफ्नो अधिकारका लागि पत्रकार सडकमा आएर अान्दोलन गर्ने चेतावनी दिएका छन् ।

भर्खरै मात्र पोष्टपार्टीका सम्पादक गोपाल चन्दलाई पक्राउ गरिएको घटनाप्रति अाक्राेस हुँद‌ै उनले तत्काल बिनासर्त चन्दलाई रिहाइ नगरे सरकारले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । हिजोका दिनमा राजा महाराजले पत्रकारमाथि अंकुश लगाउदा आफुहरु सडकमा आएर प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको स्मरण गर्दै उनले निर्धक्क सँग पत्रकारिताको कलम चलाउन अाग्रह गरेका छन् ।

पत्रकारको हक अधिकार संबिधानमा सुनिश्चित गरिरहदा बहुमतको दम्भ देखाएर सरकारले भदौ १ गतेदेखि नयाँ मुलुकी संहिता ल्याएको भन्दै उनले त्यो संहिता तत्काल सच्याउन माग गरेका छन् । नयाँ मुलुकी संहिताले अहिले पत्रकारहरु समाचार लेख्न डराउने र गिरफ्तारी पर्ने काम भईरहेको उनको भनाइ छ ।

प्रेस युनियन सल्यानका अध्यक्ष रेशम डिसीको सभा अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सिवराज जोसी, डिल्लीराज रेग्मी, नेपाली काँग्रेसका विभिन्न नेता कार्यकर्ता नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल लगाएत विभिन्न पत्रकारहरुको सभहागीता रहेको थियो ।

युनियनका जिल्ला उपाध्यक्ष सनतकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहसचिव जेएन केसीले गरेका थिए ।

अहिले खलंगाको बाल मन्दीरमा बन्दसत्र सुरु भएको छ । अबको नेतृत्व कसले लिने भन्नेबारे बन्द सत्रपछि टुंगीने छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार