• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

लिवर्डले सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकालाई ल्याप्टप दियाे


इन्द्र बुढाथोकी
मंसिर १४ सल्यान ।

जिविकोपार्जन तथा पोषण सुधार परियोजना लिवर्डले आज एक कार्यक्रमका बिच पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाई एक वटा ल्याप्टप हस्तान्तरण गरेको छ । ल्याप्टप हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस सस्थाले स्थानीय तहका सम्पुर्ण विवरणहरु राख्न सजिलो र पार्दसिता बनाउनलाइ ल्याप्टप स्थानीय तहमा दिएको बताएका छन ।

लिवर्डका कार्यक्रम सयोजक युवराज गुरुङले आफ्नो संस्थाले कार्यक्रम सन्चालन गरेका सम्पुर्ण स्थानीय तहहरुलाइ एक वटा ल्यापटप वितरण गरिएको र संस्था परियोजना सम्पन्न भैसके पछि स्थानीय तहलाई सहयोग हुने बताएका छन । कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुनले संघ संस्था आउनु राम्रो कुरा भएको र स्थानीय तह सङ्गै समन्वय गरेर जान आग्रह गरे ।

बिगतमा केही संस्थाहरु आएको र स्थानीय तह सङ्ग समन्वय भन्दा पनि छुट्टै तरिकाले आएका कारण काम गर्न नदिएको पनि बताए । अब कुनै पनि संघ संस्थाले कार्यक्रम ल्याएर आउँदा पनि पहिलो स्थानीय तह सङ्ग समन्वय गरेर स्थानीयलाई नै रोजगार दिने उद्देश्यका साथ आउनु पर्ने अन्यथा स्थानीय तह सङ्ग समन्वय नगरे नगरपालिकामा काम गर्न नदिने नगर प्रमुख पुनले बताएका छन् ।

कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुन, नगर उप प्रमुख मन्जु यरि, सल्यान उद्योग बाणिज्य संघ सल्यान अध्यक्ष वीर ब चलाउने, लगाएत सम्पुर्ण नगरपालिका वडा अध्यक्ष कार्यपालिका सदस्य सहित नगरपालिका कर्मचारी पत्रकार लगाएको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण ILMC का सामाजिक परिचालन तिलक नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १४ गते शुक्रवार